काठमाडौं । दिब्यश्वरी हाइड्रोपावर कम्पनी लिमिटेडले शतप्रतिशत (कम्पनीले हाल कायम चुक्ता पुँजीको १ बराबर १ अनुपातमा) हकप्रद शेयर निष्कासन गर्नका लागि निष्कासन तथा बिक्री प्रबन्धकमा मेगा क्यापिटल मार्केट्स लिमिटेडलाई नियुक्त गरेको छ ।
सम्झौता पत्रमा मेगा क्यापिटलको तर्फबाट कायममुकायम प्रमुख कार्यकारी अधिकृत शुलभ श्रेष्ठ र मार्केटिङ्ग डिपार्टमेन्ट हेड गिरिराज पोखरेल तथा कम्पनीको तर्फबाट दिव्यश्वरी हाइड्रोपावर कम्पनीका अध्यक्ष दधिराम निरौला ज्यू र बुद्घ कृष्ण मानन्धरले हस्ताक्षर गरेका हुन् ।
उक्त हकप्रद शेयर विद्युत् नियमन आयोगबाट सहमति लिई स्वीकृतिका लागि आगामी साधारण सभामा सिफारिस गरिएको छ ।