
काठमाडाैं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)को वर्गीकरण सार्वजनिक गरेकाे छ । नेप्सेले वित्तीय स्वास्थ्य, संस्थागत सुशासन र पारदर्शिताका आधारमा सूचीकृत कम्पनीहरूलाई चार भागमा वर्गीकरण गर्ने गर्छ । नेप्सेले धितोपत्र सूचीकरण विनियमावली, २०७५ को विनियम ११ बमाजिम नेप्सेमा सूचीकृत कम्पनीहरूको त्रैमासिक रूपमा वर्गीकरण गर्दै आएको छ । पुस मसान्तसम्मका आधारमा नेप्सेले गरेको वर्गीकरण ८ वाणिज्य बैंकसहित ३१ सूचीकृत कम्पनी नेपाल स्टक एक्सचेन्ज (नेप्से)को ‘ए’ वर्गमा परेका छन् ।
‘ए’ वर्गमा पर्ने वािणज्य बैंकहरूमा सिटिजन्स इन्टरनेसनल, एभरेष्ट, ग्लोबल आइएमई, नबिल, नेपाल एसबिआई, सानिमा, सिद्धार्थ र स्ट्यान्डर्ड चार्टर्ड बैंक रहेका छन् ।
त्यस्तै, गरिमा विकास बैंक, लुम्बिनी विकास बैंक, महालक्ष्मी विकास बैंक, मितेरी डेभलपमेन्ट बैंक, मुक्तिनाथ विकास बैंक, साइन रेसुंगा डेभलपमेन्ट बैंक र आइसिएफसी फाइनान्स लिमिटेड पनि ‘ए’ वर्गमा रहेका छन् ।
त्यस्तै, ‘ए’ वर्गमै पर्ने कम्पनीमा छिमेकी लघुवित्त वित्तीय संस्था फस्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था, जीवन विकास लघुवित्त वित्तीय संस्था, स्वावलम्बन लघुवित्त वित्तीय संस्था, नेपाल इन्स्योरेन्स कम्पनी, बुटवल पावर कम्पनी, चिलिमे हाइड्रोपावर कम्पनी, सानिमा हाइड्रोपावर कम्पनी, हिमालय डिस्टिलरी, शिवम् सिमेन्ट, नेपाल दूरसञ्चार कम्पनी, हाइड्रो इलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी र नेपाल इन्फ्रास्ट्रक्चर बैंक रहेका छन् ।