नबिल बैंकले सुरू गर्याे मेसिनबाटै चेक क्लियरिङ गर्ने सेवा

दर्पण दैनिक २० मंसिर २०८०,१७:१७
post

काठमाडाैं । नबिल बैंकले केआईओएसके मेसिनमार्फत चेक क्लियरिङ गर्न सकिने सुविधाको प्रारम्भ गरेको छ । यस सुविधामार्फत आउटवार्ड क्लियरिङ चेक अब ग्राहक स्वयम्‌ले केआईओएसकेमार्फत सोझै सम्बन्धित नबिलको खातामा रकम जम्मा गर्न सक्नेछन् ।

यो सुविधासँगै अब ग्राहकले आफ्नो समय अनुकूल पारी कार्यालय समयबाहेकको समयमा पनि बिनाझन्झट चेक डिपोजिट गर्न सक्नेछन् । यो सेवाबाट ग्राहकको समयको बचत तथा स्वचालित र स्फुर्त रूपमा कारोबार हुने हुनाले यसबाट आफ्ना ग्राहकहरूले पूर्ण रुपमा लाभ लिनेमा विश्वस्त रहेको बैंकले जनाएको छ ।

हाल नबिल बैंकले काठमाडौं उपत्यकामा ६ र उपत्यकाबाहिर ४ गरी १० वटा शाखाबाट उक्त सेवा संचालनमा ल्याएको छ । बैंकका अनुसार उपत्यकाभित्रका तीनधारा, ललितपुर, त्रिपुरेश्वर, नयाँ बानेश्वर, न्युरोड र कुलेश्वर शाखाबाट तथा उपत्यकाबाहिरका विराटनगर, वीरगन्ज, पोखरा र बुटवल शाखामा यो सुविधा उपलब्ध गराइएको छ ।

नबिल बैंक नेपालको अग्रणी वाणिज्य बैंकमध्ये एक हो । बैंकले देशभर २६६ शाखा सञ्जालसहित १९ वटा एक्सटेन्सन काउन्टर र ३१० एटीएम मेसिनबाट सेवा प्रदान गर्दै आएकोे छ । हालसम्म यस बैंकको ग्राहक संख्या १८ लाखभन्दा बढी पुगेको छ ।

सम्बन्धित खबर

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: