शिवम् होल्डिङग्सले आईपीओ निष्कासन गर्ने

दर्पण दैनिक ३० आश्विन २०८०,१३:५४
post

काठमाडौं । शिवम् होल्डिङग्स लिमिटेडले सर्वसाधारणमा आईपीओ निष्कासन गर्ने भएको छ । असोज २५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आईपीओ निष्कास सम्बन्धी प्रस्ताव सहित अन्य विविध प्रस्ताव पारितका लागि दोस्रो वार्षिक साधारण सभा गर्ने निर्णय गरेको हो । 

सभा कात्तिक २२ गते कम्पनीको कार्यालय अनामनगर, काठमाडौंमा ११ बजे गर्ने निर्णय कम्पनीले गरेको हो । कम्पनीले प्रिमियम मूल्यमा सर्वसाधारणका लागि १ करोड १६ लाख कित्ता आईपीओ निष्कासन गर्ने भएको हो । आगामी दिनमा आईपीओ निष्कासनका लागि आवश्यक सम्पूर्ण कामको जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि कम्पनीले सभामार्फत गराउनेछ । 


गत आर्थिक वर्ष ०७९/८० को मुनाफाबाट हाल कायम चुक्तापूँजी ४ अर्ब ३६ करोड रूपैयाँको आधारमा ४ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पनि सभाले पारित गर्नेछ । हाल सञ्चालकको संख्या ७ जना रहेकोमा सोलाई घटाई ५ जना कायम गर्ने निर्णय पनि सभाले गर्नेछ । 

सम्बन्धित खबर

post

लोप हुँदै जुनेलो खेती

१९ माघ २०७९,०८:३२
post

टर्की पालनबारे जानाकरी

६ फाल्गुन २०७९,२०:४६
post

बजेट कार्यान्वयन निराशाजनक

१७ फाल्गुन २०७९,०८:२४
post

चैतदेखि बैंकको ब्याजदर घट्ने

२५ फाल्गुन २०७९,१२:१२
post

घट्यो हवाई भाडा (सूचीसहित)

२१ चैत्र २०७९,१९:१४
post

इसेवाले ल्यायाे एकमा ४ अफर

२२ बैशाख २०८०,०८:३७
post

बजेट भाषण २०८० /०८१ (LIVE)

१५ जेष्ठ २०८०,१६:३१
post

कुन मन्त्रालयलाई कति बजेट ?

१६ जेष्ठ २०८०,०८:४१
post

आयकरमा नयाँ व्यवस्था

२० जेष्ठ २०८०,१४:४६
post

संसद्‌मा आजदेखि बजेट छलफल

२१ जेष्ठ २०८०,०६:३७
post

ग्लोबल आईएमई बैंक सम्मानित

२५ जेष्ठ २०८०,२१:१७
post

तरकारी र फलफूलको आयात घट्यो

३१ जेष्ठ २०८०,०६:५२
post

कुन बैंकको नाफा कति ?

२२ श्रावण २०८०,०८:५३
post

विनोद चौधरीलाई एशियन अवार्ड

३१ श्रावण २०८०,१९:४९