मुक्तिनाथ विकास बैंकद्वारा विद्यार्थीलाई स्टेशनरी वितरण

दर्पण दैनिक १ जेष्ठ २०८१,१४:०२
post

काठमाडौं । मुक्तिनाथ विकास बैंकले शिक्षा तथा बालबालिकाहरुको हित सम्बन्धी विभिन्न सामाजिक उत्तरदायित्व अन्तरगत कामहरु गर्दै आएको छ । सोही क्रममा बैंकले धादिङ्ग स्थित बद्री विशाल मावि र स्वर्णिम एकाडेमीमा १८२ विधार्थीहरुलाई चाहिने  स्टेशनरी सामानहरु (जस्तै कपि, कलम, पेन्सिल, पेन, आदि) हस्तान्तरण गरेको छ ।


उक्त हस्तान्तरण कार्यक्रममा बैंकका संचालक तथा कर्मचारीहरु, विद्यालयका शिक्षक तथा पदाकारीहरुको उपस्थिति रहेको थियो । यस सहयोगबाट मुक्तिनाथ विकास बैंकले विधार्थीहरुमा शिक्षा प्रतिथप उर्जा ल्याउन मद्दत पुग्ने विश्वास लिएको छ ।
 

सम्बन्धित खबर

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: