राष्ट्र बैंकको कारबाहीमा परे यी ९ वटा बैंक, ४ वटालाई ५० लाख जरिवाना

दर्पण दैनिक २५ माघ २०७९,१४:२५
post

काठमाडौं । नेपाल राष्ट्र बैंकले ९ वटा वाणिज्य बैंकलाई कारबाही गरेको छ । राष्ट्र बैंकले प्रभु बैंक, कुमारी बैंक, प्राइम कमर्सियल, माछापुच्छ्रे बैंक, सानिमा बैंक, सिभिल बैंक, नबिल, नेपाल इन्भेष्टमेन्ट र बैंक अफ काठमाण्डूलाई कारबाही गरेको हो । 

राष्ट्र बैंकले प्रभु बैंक, कुमारी बैंक, तत्कालीन बीओके (हाल ग्लोबल आईएमई बैंक) र प्राइम कमर्सियल बैंकलाई नगद जरिवाना गराएको छ । राष्ट्र बैंकले चारवटै बैैंकलाई सम्पत्ति शुद्धीकरणसम्बन्धी ऐन र निर्देशन उल्लंघन गरेकाले जरिवाना गरेको हो ।  राष्ट्र बैंकले प्रभु बैंकलाई सम्पत्ति शुद्धीकरणसम्बन्धी ऐन र निर्देशन उल्लंघन गरेकाले ५० लाख जरिवाना गरेको छ । 


त्यसैगरी कुमारी बैंक, तत्कालीन बीओके (हाल ग्लोबल आईएमई बैंक) र प्राइम कमर्सियल बैंकलाई पनि सम्पत्ति शुद्धीकरणसम्बन्धी ऐन र निर्देशन उल्लंघन गरेकाले ५० लाखका दरले जरिवाना गरेको छ । राष्ट्र बैंकले माछापुच्छ्रे बैंकलाई पुँजी पर्याप्तता विवरण पेश नगरेकाले बैंकको प्रमुख कार्यकारी अधिकृतलाई सचेत गराएको छ । 

सानिमा बैंकले प्रमुख कायृकारी अधिकृतलाई बैंक तथा वित्तीय संस्थाको ऐन उल्लंघन गरी सुविधा प्रदान गरेकाले बैंकलाई सचेत गराएको हो ।  सिभिल, माछापुच्छ्रे र तत्कालीन नेपाल इन्भेष्टमेन्ट बैंकलाई सचेत गराएको छ। यी बैंकले एकपटक प्रिमियम दर निर्धारण गरी ऋणीलाई दिइने कर्जा प्रस्तावपत्रमा उल्लेख गरी कर्जा प्रवाह गरेपश्चात् प्रिमियम दर वृद्धि गरेकाले राष्ट्र बैंकले सचेत गरेको छ। 

नबिल बैंकलाई पनि सम्पत्ति शुद्धीकरणसम्बन्धी व्यवस्थाको उपदफा २ मा रहेका ग्राहक पहिचानसम्बन्धी व्यवस्था कार्यान्वयन नभएकाले बैंकलाई सचेत गराइएको छ। 
राष्ट्र बैंकले प्रभु बैंकलाई कर्जा सूचना कालोसूचीसम्बन्धी व्यवस्थाको बुँदा १९ उपदफा २ को (ङ) ५ को व्यवस्था पालना नगरेकाले सचेत गराएको छ।

सम्बन्धित खबर

post

लोप हुँदै जुनेलो खेती

१९ माघ २०७९,०८:३२
post

टर्की पालनबारे जानाकरी

६ फाल्गुन २०७९,२०:४६
post

बजेट कार्यान्वयन निराशाजनक

१७ फाल्गुन २०७९,०८:२४
post

चैतदेखि बैंकको ब्याजदर घट्ने

२५ फाल्गुन २०७९,१२:१२
post

घट्यो हवाई भाडा (सूचीसहित)

२१ चैत्र २०७९,१९:१४
post

इसेवाले ल्यायाे एकमा ४ अफर

२२ बैशाख २०८०,०८:३७
post

बजेट भाषण २०८० /०८१ (LIVE)

१५ जेष्ठ २०८०,१६:३१
post

कुन मन्त्रालयलाई कति बजेट ?

१६ जेष्ठ २०८०,०८:४१
post

आयकरमा नयाँ व्यवस्था

२० जेष्ठ २०८०,१४:४६
post

संसद्‌मा आजदेखि बजेट छलफल

२१ जेष्ठ २०८०,०६:३७
post

ग्लोबल आईएमई बैंक सम्मानित

२५ जेष्ठ २०८०,२१:१७
post

तरकारी र फलफूलको आयात घट्यो

३१ जेष्ठ २०८०,०६:५२
post

कुन बैंकको नाफा कति ?

२२ श्रावण २०८०,०८:५३
post

विनोद चौधरीलाई एशियन अवार्ड

३१ श्रावण २०८०,१९:४९
post

मुस्ताङमा स्याउ टिप्न सुरु

१ आश्विन २०८०,१४:५४
post

सयपत्री बेचेर नौ लाख आम्दानी

२२ कार्तिक २०८०,१७:०१
post

ग्यासको मूल्य बढ्याे

१८ माघ २०८०,०९:०७
post

एनसेलको ‘डबल मजा प्याक’

२५ माघ २०८०,११:०५
post

घट्यो नेपाल टेलिकमको नाफा

१ फाल्गुन २०८०,११:३४
post

घट्याे उपभोक्ता मूल्यवृद्धि

२७ फाल्गुन २०८०,१६:२१
post

अन्डाको मूल्य घट्यो

२० बैशाख २०८१,१४:४७
post

यी हुन् कर बढेका क्षेत्र

१५ जेष्ठ २०८१,१७:३७
post

बढ्यो अण्डाको मूल्य

३१ असार २०८१,१४:५९
post

बढ्यो अन्डाको मूल्य

५ कार्तिक २०८१,११:२५
post

साहस ऊर्जाको अध्यक्षमा पाठक

११ कार्तिक २०८१,१५:४२
post

बढ्याे पेट्रोलको मूल्य

१५ मंसिर २०८१,२०:५७
post

अण्डाको मूल्य बढ्यो

२१ मंसिर २०८१,२०:४८

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: