अर्थमन्त्री डा. प्रकाशशरण महतले मुलुकको अर्थतन्त्रमा देखिएको चुनौति सम्बोधन गर्ने दिशामा बजेट निर्देशित रहेको बताएका छन् । सोमबार आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै मन्त्री महतले उक्त कुरा बताएका हुन् ।
'मुलुकको अर्थतन्त्रमा देखिएका समस्या एवं चुनौतिलाई सम्बोधन गर्दै अर्थतन्त्रलाई गतिशील बनाउने, निजी क्षेत्रको मनोबल उच्च पार्ने र उच्च दीगो एवं फराकिलो आर्थिक वृद्धिसहितको सबल अर्थतन्त्र निर्माण गर्नेतर्फ आगामी आर्थिक वर्षको बजेट निर्देशित गरेको छु,' उनले भने ।