नेपाल भित्रियो विद्युतीय कार ‘ओमोडाई–५’, कति पर्छ मूल्य ?

दर्पण दैनिक १९ माघ २०८०,१८:२१
post

काठमाडौं । औपचारिक रुपमै नेपाली बजारमा चिनियाँ विद्युतीय कार ओमोडा भित्रिएको छ । सारडा ग्रुप अन्तर्गतको एसपीजी अटोमोबाइल्सले ओमोडा ब्राण्डलाई नेपाल भित्र्याएको हो । कम्पनीले पहिलो चरणमा ओमोडाको ई–५ मोडल नेपाल ल्याएको छ । शुक्रबार एक विशेष कार्यक्रमकाबीच कम्पनीले उत्तरढोका स्थिति नयाँ शोरुममार्फत ओमोडा ई–५ सार्वजनिक गरेको हो । 

६१ किलोवाट ब्याट्री क्षमतामा आएको ओमोडा ई–५ उत्कृष्ट ९९ किलोवाटपावरसहितलग्जरियस् सुविधामा आएको छ । ई–५ ले फूल चार्जमा ५३० किलोमिटरको उच्च रेञ्ज प्रदान गर्ने कम्पनीको दाबी छ । 

ओमोडा ई–५ को इन्टेरियरमा २४.६ इन्चको डुअल स्क्रिन, २५६ रङको एम्बियन्ट लाइट, सोनिको प्रिमियम ८ वटा स्पिकरसहितको क्रोम डोर ह्याण्डल, इलेक्ट्रिक सनरुफ, ५० किलोवाटको वायरलेस चार्जर उपलब्ध छन् । यसका अतिरिक्त कारमा ब्लाइन्ड स्पट डिटेक्सन, लेन चेन्ज असिस्ट डिपार्चर रिमाइन्डर, एडप्टिभ क्रुज कन्ट्रोल, फ्रन्ट कोलिजन वार्निङ, लेन किपिङ असिस्ट लगायत १७ बढी एड्भान्स सेफ्टी फिचर उपलब्ध गराएको छ ।

सोही रेञ्जका ईभीमा बजारमा उपलब्ध बीवाईडी अट्टो–३ सँग ओमोडा ई–५ को राम्रै प्रतिस्पर्धा हुने देखिन्छ । ओमोडा ई–५ को बजार मूल्य ५९ लाख ४९ हजार रुपैयाँ तोकिएको छ । ओमोडा ई–५ को ग्राउन्ड क्लियरेन्स १८० एमएम रहेको छ । जुन नेपाली सडक सुहाउँदो मान्न सकिन्छ ।

उत्तरढोकामा शोरुम राखेर गाडीको बुकिङ्ग लिन सुरु गरेको कम्पनीले सीतापाइलामा आफ्नै प्राविधिक सर्भिस सेन्टर राखेको जनाएको छ । सोही अवसरमा एसपीजी अटोमोबाइल्सका प्रबन्ध निर्देशक गौरव सारडाले केही महिनाभित्रै देशभर १२ देखि १५ वटा शोरूम विस्तार गरिने समेत बताएका छन् । 

सम्बन्धित खबर

post

लोप हुँदै जुनेलो खेती

१९ माघ २०७९,०८:३२
post

टर्की पालनबारे जानाकरी

६ फाल्गुन २०७९,२०:४६
post

बजेट कार्यान्वयन निराशाजनक

१७ फाल्गुन २०७९,०८:२४
post

चैतदेखि बैंकको ब्याजदर घट्ने

२५ फाल्गुन २०७९,१२:१२
post

घट्यो हवाई भाडा (सूचीसहित)

२१ चैत्र २०७९,१९:१४
post

इसेवाले ल्यायाे एकमा ४ अफर

२२ बैशाख २०८०,०८:३७
post

बजेट भाषण २०८० /०८१ (LIVE)

१५ जेष्ठ २०८०,१६:३१
post

कुन मन्त्रालयलाई कति बजेट ?

१६ जेष्ठ २०८०,०८:४१
post

आयकरमा नयाँ व्यवस्था

२० जेष्ठ २०८०,१४:४६
post

संसद्‌मा आजदेखि बजेट छलफल

२१ जेष्ठ २०८०,०६:३७
post

ग्लोबल आईएमई बैंक सम्मानित

२५ जेष्ठ २०८०,२१:१७
post

तरकारी र फलफूलको आयात घट्यो

३१ जेष्ठ २०८०,०६:५२
post

कुन बैंकको नाफा कति ?

२२ श्रावण २०८०,०८:५३
post

विनोद चौधरीलाई एशियन अवार्ड

३१ श्रावण २०८०,१९:४९
post

मुस्ताङमा स्याउ टिप्न सुरु

१ आश्विन २०८०,१४:५४
post

सयपत्री बेचेर नौ लाख आम्दानी

२२ कार्तिक २०८०,१७:०१
post

ग्यासको मूल्य बढ्याे

१८ माघ २०८०,०९:०७
post

एनसेलको ‘डबल मजा प्याक’

२५ माघ २०८०,११:०५
post

घट्यो नेपाल टेलिकमको नाफा

१ फाल्गुन २०८०,११:३४
post

घट्याे उपभोक्ता मूल्यवृद्धि

२७ फाल्गुन २०८०,१६:२१
post

अन्डाको मूल्य घट्यो

२० बैशाख २०८१,१४:४७
post

यी हुन् कर बढेका क्षेत्र

१५ जेष्ठ २०८१,१७:३७
post

बढ्यो अण्डाको मूल्य

३१ असार २०८१,१४:५९
post

बढ्यो अन्डाको मूल्य

५ कार्तिक २०८१,११:२५
post

साहस ऊर्जाको अध्यक्षमा पाठक

११ कार्तिक २०८१,१५:४२
post

बढ्याे पेट्रोलको मूल्य

१५ मंसिर २०८१,२०:५७
post

अण्डाको मूल्य बढ्यो

२१ मंसिर २०८१,२०:४८
post

नबिल बैंक सम्मानित

२९ चैत्र २०८१,०७:४८
post

अण्डाको मूल्य बढ्याे

१४ बैशाख २०८२,१३:२१
post

अण्डाको भाउ बढ्यो

१८ जेष्ठ २०८२,०९:१०
post

१६०० ले बढ्याे सुनको मूल्य

३० जेष्ठ २०८२,११:५०

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: