उद्योग वाणिज्य महासंघ निर्वाचन : मतगणना आजै

दर्पण दैनिक २२ बैशाख २०८३,१५:०३
post

नेपाल उद्योग वाणिज्य महासंघको नयाँ कार्यसमिति चयनका लागि दुईसमूहबीच प्रतिस्पर्धा भइरहेको छ । सोमबार (वैशाख २१) महासंघको ६०औँ वार्षिकोत्सव सम्पन्न भएसँगै मंगलबार बिहान १० बजेदेखि कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा मतदान सुरु भएको छ । मतदान बेलुका ६ बजेसम्म हुनेछ ।

निर्वाचन  सकिएलगत्तै आजै मतगणना गरिने र नतिजा प्रकाशित हुने महासंघको निर्वाचन समितिका निर्वाचन अधिकृत सुमनकुमार केसीले जानकारी दिए । मुख्य निर्वाचन अधिकृत लीलामणि पौडेल र निर्वाचन अधिकृत सुमन निरौला रहेका छन् ।

आगामी नेतृत्वका लागि हेमराज ढकाल र अञ्जन श्रेष्ठ समर्थित छुट्टाछुट्टै प्यानलहरू चुनावी मैदानमा उत्रिएका छन् । श्रेष्ठ महासंघको अध्यक्ष हुँदै छन् । ढकाल भने वरिष्ठ उपाध्यक्षको लागि चुनावी मैदानमा छन् ।

हेमराज समूहलाई अध्यक्ष चन्द्र प्रसाद ढकालको समर्थन

वरिष्ठ उपाध्यक्षका उमेदवार हेमराज ढकालको प्यानललाई वर्तमान अध्यक्ष चन्द्रप्रसाद ढकालको समर्थन रहेको व्यवसायीहरूले बताएका छन् । ढकाल प्यानलले गत फागुन अन्तिम सातातिर उमेदवारी घोषणा गर्दै चुनावी अभियानलाई तीव्र बनाएको थियो ।

वरिष्ठ उपाध्यक्षका उमेदवार ढकाल देशको वर्तमान आर्थिक अवस्था, विश्वव्यापी मन्दी र राजनीतिक अस्थिरताबीच निजी क्षेत्रको मनोबल उच्च बनाउनु आफ्नो मुख्य उद्देश्य रहेको बताउँछन् । उनले अघि सारेका प्रमुख एजेन्डामा, दोस्रो चरणको आर्थिक सुधार, कानुन संशोधन र नीतिगत स्थिरता हुन् ।

उनकाअनुसार, लामो समयदेखि बैंकिङ प्रणालीमा अधिक लगानीयोग्य पुँजी छ । यो पुँजी प्रसारणलाइन, कृषि व्यवसाय, वनपैदावार, जलविद्युत्, पर्यटन र सुरुङमार्गजस्ता क्षेत्रमा लगानी गर्न निजी क्षेत्रलाई खुला गर्ने प्राथमिकता रहनेछ ।

यस प्यानलबाट जिल्लानगर उपाध्यक्षमा उमेश डाल्मिया र कल्पना गैरे,  वस्तुगत उपाध्यक्षमा नरेशलाल श्रेष्ठ, एशोसिएट उपाध्यक्षमा ज्योत्सना श्रेष्ठ, महिला कार्यसमिति सदस्यमा अम्बिका शर्मा, जमुना पौडेल र शोभा ज्ञवाली रहेका छन् । यस्तै, कार्यसमिति सदस्य (वस्तुगत) तर्फ सुधीर पराजुली, सुनैना घिमिरे, कृष्णभक्त श्रेष्ठ, दुर्गाप्रसाद सुवेदी, निराजन चलाउने, पशुपतिदेव पाण्डेलगायत रहेका छन् ।


शिवप्रसाद घिमिरे समूहलाई भावी अध्यक्ष अञ्जन श्रेष्ठको समर्थन

अर्कोतर्फ भावी अध्यक्ष अञ्जन श्रेष्ठको समर्थन दाबी गरिएको समूहबाट शिवप्रसाद घिमिरेले वस्तुगत उपाध्यक्षमा उमेदवारी दिएका छन् । यो समूह ‘नयाँ पुस्ता, नयाँ ऊर्जा, सशक्त निजी क्षेत्र सशक्त नेपाल’ भन्ने नाराका साथ निर्वाचनमा होमिएको छ । यस प्यानलका प्रमुख उमेदवारहरूमा एशोसिएट उपाध्यक्षतर्फ प्रवलजंग पाण्डे, जिल्लारनगरतर्फ कृष्णप्रसाद शर्मा र दिलसुन्दर श्रेष्ठ रहेका छन् ।

वस्तुगत कार्यसमिति सदस्यमा कृष्णप्रसाद अवला, विश्वनाथ खनाल, अरनिको राजभण्डारी, एवबहादुर मगर, धनप्रसाद लामिछानेलगायत छन् । यसैगरी, एशोसिएट कार्यसमिति सदस्यतर्फ डोलप्रसाद अधिकारी, दिवस न्यौपाने, प्रियराज रेग्मी, बाबुकाजी कार्की, राजेशकुमार अग्रवाललगायत छन् । महिला सदस्यमा सुनिता न्हेम्हाफुकी (वस्तुगत), अभिज्ञा मल्ल र जुना माथेमा चुनावी मैदानमा छन् ।

उक्त प्यानलका वस्तुगत उपाध्यक्षका उमेदवार घिमिरे निजी क्षेत्रको खस्किएको मनोबल उकास्न आफूहरू मैदानमा उत्रिएको बताउँछन् । उनले अबको नेतृत्व कुरामा होइन, काममा केन्द्रित हुनुपर्नेमा जोड दिँदै निजी क्षेत्रमैत्री नीति र कर सुधारका विषयमा महासंघ औपचारिक टिप्पणीमै सीमित नहुने, आवश्यक परे दबाब सिर्जना गर्ने, संवादलाई निर्णयमा बदल्ने र परिणाम सार्वजनिक गर्ने नेतृत्व आफूहरूले दिने दाबी गर्छन् ।

घिमिरे समूहले महासंघलाई केही व्यक्तिको पहुँचमा सीमित संस्थाबाट रूपान्तरण गरी ‘सदस्य–केन्द्रित साझा शक्ति केन्द्र बनाउनेमा जोड दिने बताएको छ ।
 

सम्बन्धित खबर

post

लोप हुँदै जुनेलो खेती

१९ माघ २०७९,०८:३२
post

टर्की पालनबारे जानाकरी

६ फाल्गुन २०७९,२०:४६
post

बजेट कार्यान्वयन निराशाजनक

१७ फाल्गुन २०७९,०८:२४
post

चैतदेखि बैंकको ब्याजदर घट्ने

२५ फाल्गुन २०७९,१२:१२
post

घट्यो हवाई भाडा (सूचीसहित)

२१ चैत्र २०७९,१९:१४
post

इसेवाले ल्यायाे एकमा ४ अफर

२२ बैशाख २०८०,०८:३७
post

बजेट भाषण २०८० /०८१ (LIVE)

१५ जेष्ठ २०८०,१६:३१
post

कुन मन्त्रालयलाई कति बजेट ?

१६ जेष्ठ २०८०,०८:४१
post

आयकरमा नयाँ व्यवस्था

२० जेष्ठ २०८०,१४:४६
post

संसद्‌मा आजदेखि बजेट छलफल

२१ जेष्ठ २०८०,०६:३७
post

ग्लोबल आईएमई बैंक सम्मानित

२५ जेष्ठ २०८०,२१:१७
post

तरकारी र फलफूलको आयात घट्यो

३१ जेष्ठ २०८०,०६:५२
post

कुन बैंकको नाफा कति ?

२२ श्रावण २०८०,०८:५३
post

विनोद चौधरीलाई एशियन अवार्ड

३१ श्रावण २०८०,१९:४९
post

मुस्ताङमा स्याउ टिप्न सुरु

१ आश्विन २०८०,१४:५४
post

सयपत्री बेचेर नौ लाख आम्दानी

२२ कार्तिक २०८०,१७:०१
post

ग्यासको मूल्य बढ्याे

१८ माघ २०८०,०९:०७
post

एनसेलको ‘डबल मजा प्याक’

२५ माघ २०८०,११:०५
post

घट्यो नेपाल टेलिकमको नाफा

१ फाल्गुन २०८०,११:३४
post

घट्याे उपभोक्ता मूल्यवृद्धि

२७ फाल्गुन २०८०,१६:२१
post

अन्डाको मूल्य घट्यो

२० बैशाख २०८१,१४:४७
post

यी हुन् कर बढेका क्षेत्र

१५ जेष्ठ २०८१,१७:३७
post

बढ्यो अण्डाको मूल्य

३१ असार २०८१,१४:५९
post

बढ्यो अन्डाको मूल्य

५ कार्तिक २०८१,११:२५
post

साहस ऊर्जाको अध्यक्षमा पाठक

११ कार्तिक २०८१,१५:४२
post

बढ्याे पेट्रोलको मूल्य

१५ मंसिर २०८१,२०:५७
post

अण्डाको मूल्य बढ्यो

२१ मंसिर २०८१,२०:४८
post

नबिल बैंक सम्मानित

२९ चैत्र २०८१,०७:४८
post

अण्डाको मूल्य बढ्याे

१४ बैशाख २०८२,१३:२१
post

अण्डाको भाउ बढ्यो

१८ जेष्ठ २०८२,०९:१०
post

१६०० ले बढ्याे सुनको मूल्य

३० जेष्ठ २०८२,११:५०
post

इन्धनको मूल्य घट्यो

३१ असार २०८२,२२:०३
post

२ लाख नाघ्यो सुनको भाउ

१३ भाद्र २०८२,११:२२
post

दुग्ध किसान पनि सडकमा

१५ भाद्र २०८२,१३:४५
post

अन्डाको भाउ बढ्यो

११ कार्तिक २०८२,१५:३४
post

अण्डाको मूल्य घट्यो

११ पुष २०८२,१२:४२

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: