काठमाडौं । २०० देखि २५० सीसीसम्मका मोटरसाइकलमा सरकारले कर घटाएपछि मूल्य पनि घट्ने भएको छ । भन्सार दर बजेट भाषण भएको भोलिपल्टदेखि नै कार्यान्वयनमा आउने हुँदा आज (जेठ १६) देखि आयात हुने मोटरसाइकलमा घटेको कर लागू हुनेछ । कर घटेपछि आयातकर्ताले सोहीअनुसार मूल्य समायोजन गर्नुपर्ने हुन्छ ।
सोमबार बजेट भाषण गर्दै सरकारले २०० देखी २५० सीसीसम्मका मोटरसाइकलमा अन्त:शुल्क घटाएको छ । हाल ८० प्रतिशत अन्त:शुल्क लाग्दै आएकोमा २० प्रतिशत घटाइ ६० प्रतिशत कायम गरेको हो । आर्थिक विधेयक २०८० मार्फत् एसेम्बल, अनएसेम्बल दुवै मोटरसाइलकमा कर घटाइएको छ ।
२५० देखी ५०० सीसीसम्मका अनएसेम्बल अवस्थाका मोटरसाइकलमा ४० प्रतिशत लाग्नै आएकोमा वर्ग परिवर्तन गरेको छ । २५० देखि ४०० सीसीसम्मका मोटरसाइलमा ६० प्रतिशत लाग्ने व्यवस्था गरेको छ । यसमा २० प्रतिशतले कर बढाएको छ ।
४०० देखी ५०० सीसीसम्मका अनएसेम्बल अवस्थामा ६० प्रतिशत र तयारी अवस्थाका मोटरसाइलमा ८० प्रतिशत लाग्ने व्यवस्था गरेको छ । ५०० सीसी माथीका सबै मोटरसाइकलमा १०० प्रतिशत अन्त:शुल्क लाग्ने व्यवस्थालाई निरन्तरता दिएको छ ।
त्यस्तै नेपालमै एसम्बल गर्नेकालागि २०० सीसी देखि २५० सीसीसम्मकामा ३० प्रतिशत भन्सार लाग्ने व्यवस्था गरेको छ। तयारी अवस्थाका मोटरसाइलमा ४० प्रतिशतलाई निरन्तरता दिएको छ । २५० देखि ५०० सीसी सम्मका नेपालमा बन्ने मोटरसाइकलमा ३० प्रतिशत मात्रै भन्सार लाग्ने व्यवस्था गरेको छ। तयारी अवस्थाका मोटरसाइकलमा ७० प्रतिशत लाग्दै आएको छ ।