बिल गेट्ससँग बिनोद चौधरीके भेट, नेपालको स्वास्थ्य र रोजगारी क्षेत्रका विषयमा छलफल

दर्पण दैनिक २३ बैशाख २०८२,१५:५८
post

काठमाडैँ । चौधरी ग्रुपका अध्यक्ष एवं सांसद बिनोद चौधरीले सिङ्गापुरमा आयोजित फिलान्थ्रपी एशिया एलायन्स-२०२५ (पिएए-२०२५) को अवसरमा मंगलबार विश्वविख्यात परोपकारी व्यक्तित्व तथा माइक्रोसफ्टका सह-संस्थापक बिल गेट्ससँग भेटबार्ता गरेका छन् ।

भेटका क्रममा दुबैबीच नेपालको स्वास्थ्य सेवा र रोजगारी क्षेत्रका प्रमुख चुनौतीहरूबारे गम्भीर छलफल भएको छ । उक्त भेटमा बिनोद चौधरीले सन् २०७२ को विनाशकारी भूकम्पदेखि कोभिड–१९ महामारीसम्म र बालपोषणको क्षेत्रमा “बलीयो नेपाल” अभियानमार्फत गरिएको साझेदारीका लागि गेट्स फाउन्डेसनप्रति आभार प्रकट गरे । उनले नेपालको सामाजिक क्षेत्रमा बिल एण्ड मेलिन्डा गेट्स फाउन्डेसनको दशकौँदेखिको सहकार्यलाई थप विस्तार गर्ने बिषयमा छलफल भएको जानकारी दिए ।

सांसद चौधरीले सोसियल मेडियामार्फत बिल गेट्स संगको साइडलाइन मिटिंगको तस्विर पोस्ट गर्दै उक्त जानकारी दिएका हुन् । छलफलमा गेट्स फाउन्डेसनले विश्वका अन्य मुलुकहरूमा सफलतापूर्वक सञ्चालन गरेका स्वास्थ्य र रोजगारी सम्बन्धी कार्यक्रमहरू नेपालमा पनि संचालन गर्न र त्यसलाई सन्दर्भअनुसार विस्तार गर्ने बिषयमा समेत छलफल भएको थियो ।


२०७२ को भूकम्पपछि चौधरी ग्रुपको सामाजिक संस्था चौधरी फाउन्डेसनले तत्कालीन उद्दार तथा राहतका लागि सरकारको राहत कार्यक्रमलाई थप प्रभावकारी बनाउन सहयोग गर्नुकासाथै भूकम्प प्रभावित जिल्लाहरुमा स्रोत–साधन प्रयोग गरेर करिव तीन हजार भूकम्प प्रतिरोधी अस्थायी आवास निर्माण गरेको थियो । साथै विद्यालय पुनर्निर्माण, खाद्यान्न र पिउने पानी वितरणमार्फत प्रभावित समुदायलाई राहत पुर्‍याएको थियो ।

कोभिड–१९ महामारीको समयमा पनि चौधरी फाउन्डेसनले नेपाल सरकारलाई स्वास्थ्य पूर्वाधार सुदृढ गर्न सहयोग पुर्‍याउँदै वीर अस्पतालमा अति सघन उपचार कक्ष (आईसीयू) र अक्सिजन प्लान्ट तथा धनगढी र सुर्खेतमा अक्सिजन प्लान्ट स्थापना गरेको थियो । सातवटै प्रदेशमा अक्सिजन कन्सन्ट्रेटर, व्यक्तिगत सुरक्षा उपकरण (पिपिई), पीसीआर परीक्षण किट र एन–९५ मास्क वितरण गरिएको थियो । 


बिल गेट्स, जसले विश्वकै ठूलो परोपकारी संस्था बिल एण्ड मेलिन्डा गेट्स फाउन्डेसनमार्फत स्वास्थ्य, शिक्षा र प्रविधिका क्षेत्रमा थुप्रै विकासशील राष्ट्रहरूलाई सहयोग गर्दै आएका छन्, सिङ्गापुरमा भएको फिलान्थ्रपी एशिया एलायन्स-२०२५  सम्मेलनका प्रमुख आकर्षणमध्ये उनि एक हुन् ।   


सिङ्गापुरमा सम्पन्न फिलान्थ्रपी एशिया एलायन्स २०८२ सम्मेलनमा विश्वका प्रतिष्ठित नेताहरू, परोपकारी संस्था प्रमुखहरू र नीति निर्माताहरूको उल्लेखनीय सहभागिता रहेको थियो । सम्मेलनमा सिङ्गापुरका राष्ट्रपति थरमन शनमुगरत्नम, विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रेयसस, गेट्स फाउन्डेसनका अध्यक्ष बिल गेट्स, इन्डोनेसियाका मानव विकास तथा सांस्कृतिक मामिलाका समन्वय मन्त्री प्रतिक्नो, डब्लुएचओका प्रमुख वैज्ञानिक सर जेरेमी फरार, र संयुक्त राष्ट्र विकास कार्यक्रम (यूएनडीपी) की सहायक महासचिव सुसान ब्राउन लगायतका विशिष्ट व्यक्तित्वहरूले सम्बोधन गरेका थिए । 

उक्त सम्मेलनमा नेपालका उद्यमी एवं समाजसेवी विनोद चौधरीको सहभागीता रहेको थियो । यो सम्मेलनले एशियामा दिगो विकास र सामाजिक न्याय प्रवर्द्धनका लागि परोपकारी संस्थाहरूबीच सहकार्यको नयाँ ढोका खोल्ने उद्देश्य राखेको छ ।

सम्बन्धित खबर

post

लोप हुँदै जुनेलो खेती

१९ माघ २०७९,०८:३२
post

टर्की पालनबारे जानाकरी

६ फाल्गुन २०७९,२०:४६
post

बजेट कार्यान्वयन निराशाजनक

१७ फाल्गुन २०७९,०८:२४
post

चैतदेखि बैंकको ब्याजदर घट्ने

२५ फाल्गुन २०७९,१२:१२
post

घट्यो हवाई भाडा (सूचीसहित)

२१ चैत्र २०७९,१९:१४
post

इसेवाले ल्यायाे एकमा ४ अफर

२२ बैशाख २०८०,०८:३७
post

बजेट भाषण २०८० /०८१ (LIVE)

१५ जेष्ठ २०८०,१६:३१
post

कुन मन्त्रालयलाई कति बजेट ?

१६ जेष्ठ २०८०,०८:४१
post

आयकरमा नयाँ व्यवस्था

२० जेष्ठ २०८०,१४:४६
post

संसद्‌मा आजदेखि बजेट छलफल

२१ जेष्ठ २०८०,०६:३७
post

ग्लोबल आईएमई बैंक सम्मानित

२५ जेष्ठ २०८०,२१:१७
post

तरकारी र फलफूलको आयात घट्यो

३१ जेष्ठ २०८०,०६:५२
post

कुन बैंकको नाफा कति ?

२२ श्रावण २०८०,०८:५३
post

विनोद चौधरीलाई एशियन अवार्ड

३१ श्रावण २०८०,१९:४९
post

मुस्ताङमा स्याउ टिप्न सुरु

१ आश्विन २०८०,१४:५४
post

सयपत्री बेचेर नौ लाख आम्दानी

२२ कार्तिक २०८०,१७:०१
post

ग्यासको मूल्य बढ्याे

१८ माघ २०८०,०९:०७
post

एनसेलको ‘डबल मजा प्याक’

२५ माघ २०८०,११:०५
post

घट्यो नेपाल टेलिकमको नाफा

१ फाल्गुन २०८०,११:३४
post

घट्याे उपभोक्ता मूल्यवृद्धि

२७ फाल्गुन २०८०,१६:२१
post

अन्डाको मूल्य घट्यो

२० बैशाख २०८१,१४:४७
post

यी हुन् कर बढेका क्षेत्र

१५ जेष्ठ २०८१,१७:३७
post

बढ्यो अण्डाको मूल्य

३१ असार २०८१,१४:५९
post

बढ्यो अन्डाको मूल्य

५ कार्तिक २०८१,११:२५
post

साहस ऊर्जाको अध्यक्षमा पाठक

११ कार्तिक २०८१,१५:४२
post

बढ्याे पेट्रोलको मूल्य

१५ मंसिर २०८१,२०:५७
post

अण्डाको मूल्य बढ्यो

२१ मंसिर २०८१,२०:४८
post

नबिल बैंक सम्मानित

२९ चैत्र २०८१,०७:४८
post

अण्डाको मूल्य बढ्याे

१४ बैशाख २०८२,१३:२१

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: