हिमालयन र सिभिल बैंकको एकीकृत कारोबार शुरु, सीईओमा राणा

दर्पण दैनिक १२ फाल्गुन २०७९,११:३५
post

काठमाडौं । हिमालयन बैंकले सिभिल बैंकलाई प्राप्ति गरी आजबाट एकीकृत कारोबार शुरु गरेको छ । हिमालयनले सिभिललाई प्राप्ति गरी एकीकृत कारोबार शुरु गरेपछि हाल सञ्चालनमा रहेका २२ वाणिज्य बैंकको संख्या २१ मा झरेको हो ।

हिमालयनले सिभिल बैंकलाई प्राप्ति गरी ‘हिमालयन बैंक लिमिटेड’कै नाममा एकीकृत शुरु गरेको हो । एकीकृत कारोबारसँगै बैंकको कूल पूँजी ३४ अर्ब, कूल निक्षेप २७४ अर्ब, कूल कर्जा २५० अर्ब र शाखा सञ्जाल १८९ पुगेको छ । 


सिभिल बैंक १०० कित्ता शेयर बराबर हिमालयन बैंकमा ८०.२८ कित्ता हुने गरी मर्जर भएको हो । हिमालयनले सिभिललाई प्राप्ति गरेपछि कूल चुक्ता पूँजी २४ अर्ब भन्दा बढी भएको छ । सिभिललाई प्राप्तिपछि बैंकको रजिस्टर्ड कार्यालय हाल हिमालयन बैंकको रजिस्टर्ड कार्यालय रहेको स्थान कमलादीमै रहेको छ । 

दुई बैंक सञ्चालन समितिको निर्णय अनुसार  हिमालयनले सिभिल बैंकलाई प्राप्ति गरेपछि सञ्चालक समिति हिमालयन बैंकको रहने तथा प्रमुख कार्यकारी अधिकृत हिमालयन बैंकका अशोक राणा नै रहने छन् ।  

हिमालयनले सिभिललाई प्राप्ति गर्ने सम्बन्धी गत असार २९ गते प्रारम्भिकर समझदारी पत्रमा हस्ताक्षर भएको थियो भने गत पुस २८ गते सम्पन्न दुबै बैंकको साधारण सभाबाट प्राप्ति सम्बन्धी प्रस्ताव पारित भएको थियो । समझदारी पत्रमा हिमालयन बैंकका अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठ र सिभिल बैंकका अध्यक्ष प्रतापजंग पाण्डेले हस्ताक्षर गरेका थिए । 

यसअघि हिमालयन र इन्भेस्टमेन्ट बैंकबीच १ः१ अनुपातमा मर्ज सम्झौता भए पनि भाँडिएको थियो । 

सम्बन्धित खबर

post

लोप हुँदै जुनेलो खेती

१९ माघ २०७९,०८:३२
post

टर्की पालनबारे जानाकरी

६ फाल्गुन २०७९,२०:४६
post

बजेट कार्यान्वयन निराशाजनक

१७ फाल्गुन २०७९,०८:२४
post

चैतदेखि बैंकको ब्याजदर घट्ने

२५ फाल्गुन २०७९,१२:१२
post

घट्यो हवाई भाडा (सूचीसहित)

२१ चैत्र २०७९,१९:१४
post

इसेवाले ल्यायाे एकमा ४ अफर

२२ बैशाख २०८०,०८:३७
post

बजेट भाषण २०८० /०८१ (LIVE)

१५ जेष्ठ २०८०,१६:३१
post

कुन मन्त्रालयलाई कति बजेट ?

१६ जेष्ठ २०८०,०८:४१
post

आयकरमा नयाँ व्यवस्था

२० जेष्ठ २०८०,१४:४६
post

संसद्‌मा आजदेखि बजेट छलफल

२१ जेष्ठ २०८०,०६:३७
post

ग्लोबल आईएमई बैंक सम्मानित

२५ जेष्ठ २०८०,२१:१७
post

तरकारी र फलफूलको आयात घट्यो

३१ जेष्ठ २०८०,०६:५२
post

कुन बैंकको नाफा कति ?

२२ श्रावण २०८०,०८:५३
post

विनोद चौधरीलाई एशियन अवार्ड

३१ श्रावण २०८०,१९:४९