सहकारीको ऋण समयमै नतिर्नेलाई कारबाही गर्ने काठमाडौं महानगरको चेतावनी

दर्पण दैनिक ५ चैत्र २०८०,११:१५
post

काठमाडौं । काठमाडौं महानगरपालिकाले सहरकारीबाट लिएको रकम समयमै चुक्ता गर्न आग्रह गरेको छ । महानगरपालिकाको सहकारी विभागले सार्वजनिक सूचना जारी गर्दै सहकारीबाट लिएको साँवा र ब्याज समयमै नतिर्ने सदस्यलाई कानुनी कारबाही गर्ने चेतावनी दिएको हो ।

ऋणीहरूले समयमै रकम चुक्ता नगर्दा सहकारीले बचतकर्ताको बचत फिर्ता गर्न नसकेको भन्दै विभागले जुन सम्झौता र सर्त बमोजिम लिइएको हो सोही बमोजिम रकम फिर्ता गर्न भनेको छ । सहकारीबाट लिएको ऋण तिर्नु नपर्ने भ्रम फैलाइएको र सोही अनुसार केहीले ऋण चुक्ता गर्न बहाना गरेको गुनासो आएको विभागले जनाएको छ ।

सम्बन्धित खबर

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: