दश महिनाको आयातलाई धान्नसक्ने अवस्थामा छौँ : गभर्नर अधिकारी

दर्पण दैनिक २६ फाल्गुन २०७९,१९:१५
post

काठमाडौं । नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले ब्याजदरको विषयमा बोल्दै ‘२०४६ साल पछाडि फर्किन खोजेको हो ?’ भन्ने प्रश्न गरेका छन् । 

शुक्रबारदेखि काठमाडौंमा सुरु भएको दोस्रो अर्थशास्त्री सम्मेलनमा गभर्नर अधिकारीले वि.सं. २०४६ देखि बजारले नै ब्याजदर तोक्ने गरी खुलाबजार अर्थतन्त्र अँगालेको स्मरण गराउँदै अहिले फेरि राष्ट्र बैंकले नियन्त्रण गर्नुपर्ने माग उठेको भन्दै यस्तो प्रश्न गरेका हुन् । 

आवश्यक स्थानमा राष्ट्र बैंकले नियमन र कडाइ गरिरहेको उनले स्पष्ट पारे । उनले अहिले लङ टर्म इन्भेस्टमेन्टका बारेमा सोचिरहेकाले ऋणलाई जथाभावी प्रयोग गर्दा समस्यामा पर्नसक्ने बताए । 

आवाजविहीनहरुको र साना लगानीकर्ताहरुको लागि, दुई करोडभन्दा कम लगानी गर्नेहरुको लागि बेस रेटमा दुई प्रतिशतभन्दा बेसी चार्ज गर्न नपाउने व्यवस्था गरेको पनि अधिकारीले बताए । 

'हामीले भ्वाइसलेसहरुको लागि, स्मल होल्डरको लागि दुई करोडभन्दा कम लगानी गर्नेहरुको लागि बेस रेटमा दुई प्रतिशतभन्दा बेसी चार्ज गर्न नपाउने व्यवस्था गरेका छौँ,' उनले भने । 

गभर्नर अधिकारीले पछिल्लो समय अर्थतन्त्रमा सुधार हुँदै गइरहेको बताए । उनले नेपाल समान देशको तुलनमा नेपालको अर्थतन्त्र सुधार भइरहेको उल्लेख गरे । 

पुस मसान्तको तथ्यांकअनुसार नै झन्डै एक खर्बको शोधनान्तर बचत रहेको भन्दै गत सालको पुस मसान्तमा २४१ अर्बको घाटा रहेको स्पष्ट पारे । उनले अर्थतन्त्रका वाह्य क्षेत्रको तथ्यांक सुधार भएर गएको बताए । 

गभर्नर अधिकारीले नेपाल अहिले करिब १० अर्बभन्दा बढी डलर सञ्चितिमा रहेको भन्दै करिब १० महिनाको आयातलाई धान्नसक्ने क्षमतामा रहेको बताए । 

“हामी अहिले करिब १० अर्बभन्दा बढी डलरको सञ्चितिमा छौँ । करिब १० महिनाको आयातलाई धान्नसक्ने क्षमतामा छौँ,” उनले भने, “यसले हामीलाई के बुझाउँछ भने, हामी सुधारको अवस्थामा छौँ । सबै कुरालाई नकारात्मक रुपले नलिऔँ । हामी सहज स्थितिमा छौँ ।”

गभर्नर अधिकारीले अर्थतन्त्रका संरचनागत विषयमा धेरै सुधार गर्न जरुरी रहेको बताए । उनले अर्थतन्त्र अहिले सहज स्थितिमा रहेको भन्दै सबै कुरालाई नकारात्मक रुपले नहेर्न आग्रह गरे ।

सम्बन्धित खबर

post

लोप हुँदै जुनेलो खेती

१९ माघ २०७९,०८:३२
post

टर्की पालनबारे जानाकरी

६ फाल्गुन २०७९,२०:४६
post

बजेट कार्यान्वयन निराशाजनक

१७ फाल्गुन २०७९,०८:२४
post

चैतदेखि बैंकको ब्याजदर घट्ने

२५ फाल्गुन २०७९,१२:१२
post

घट्यो हवाई भाडा (सूचीसहित)

२१ चैत्र २०७९,१९:१४
post

इसेवाले ल्यायाे एकमा ४ अफर

२२ बैशाख २०८०,०८:३७
post

बजेट भाषण २०८० /०८१ (LIVE)

१५ जेष्ठ २०८०,१६:३१
post

कुन मन्त्रालयलाई कति बजेट ?

१६ जेष्ठ २०८०,०८:४१
post

आयकरमा नयाँ व्यवस्था

२० जेष्ठ २०८०,१४:४६
post

संसद्‌मा आजदेखि बजेट छलफल

२१ जेष्ठ २०८०,०६:३७
post

ग्लोबल आईएमई बैंक सम्मानित

२५ जेष्ठ २०८०,२१:१७
post

तरकारी र फलफूलको आयात घट्यो

३१ जेष्ठ २०८०,०६:५२
post

कुन बैंकको नाफा कति ?

२२ श्रावण २०८०,०८:५३
post

विनोद चौधरीलाई एशियन अवार्ड

३१ श्रावण २०८०,१९:४९
post

मुस्ताङमा स्याउ टिप्न सुरु

१ आश्विन २०८०,१४:५४
post

सयपत्री बेचेर नौ लाख आम्दानी

२२ कार्तिक २०८०,१७:०१
post

ग्यासको मूल्य बढ्याे

१८ माघ २०८०,०९:०७
post

एनसेलको ‘डबल मजा प्याक’

२५ माघ २०८०,११:०५
post

घट्यो नेपाल टेलिकमको नाफा

१ फाल्गुन २०८०,११:३४
post

घट्याे उपभोक्ता मूल्यवृद्धि

२७ फाल्गुन २०८०,१६:२१
post

अन्डाको मूल्य घट्यो

२० बैशाख २०८१,१४:४७
post

यी हुन् कर बढेका क्षेत्र

१५ जेष्ठ २०८१,१७:३७
post

बढ्यो अण्डाको मूल्य

३१ असार २०८१,१४:५९
post

बढ्यो अन्डाको मूल्य

५ कार्तिक २०८१,११:२५
post

साहस ऊर्जाको अध्यक्षमा पाठक

११ कार्तिक २०८१,१५:४२
post

बढ्याे पेट्रोलको मूल्य

१५ मंसिर २०८१,२०:५७
post

अण्डाको मूल्य बढ्यो

२१ मंसिर २०८१,२०:४८
post

नबिल बैंक सम्मानित

२९ चैत्र २०८१,०७:४८

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: