काठमाडौं । नबिल बैंकको कायममुकायम (कामु) प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा मनोज ज्ञवाली नियुक्त भएका छन् ।
यसअघिका सीईओ ज्ञानेन्द्रप्रसाद ढुंगानाले राजीनामा दिएपछि यसअघि बैंकमा वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत रहेका ज्ञवालीलाई कायममुकायम सीईओ बनाइएको हो । आज (बुधबार) बसेको बैंक सञ्चालक समितिको बैठकले ढुंगानाको राजीनामा स्वीकृत गर्दै ज्ञवालीलाई कायममुकायम सीईओको जिम्मेवारी दिएको हो ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google