काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सले सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) साउन ३२ गतेदेखि निष्कासन गर्ने भएको छ । कम्पनीले निष्कासन गरेको आईपीओमा भदौ ४ गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिसम्म माग अनुसार आवेदन नपरेमा निष्कासन अवधि भदौ १४ गतेसम्म लम्बिने कम्पनीले जानकारी दिएको छ । कम्पनीले सर्वसाधारणलाई ७६ लाख ८० हजार कित्ता सेयरमा आवेदन खुला गर्नेछ ।
सर्वसाधारणले अंकित मूल्य १०० रुपैयाँमा १३९ प्रतिशत रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २३९ रुपैयाँमा आईपीओ निष्कसान गर्ने जानकारी दिएको छ । इन्स्योरेन्सको आईपीओमा न्यूनतम १० देखि २० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ ।