
काठमाडाैं । चैत महिनाका लागि अधिकांश बैंकहरूले मुद्दती निक्षेपको ब्याजदर घटाएका छन् । पछिल्लो समय तरलता सहज हुँदै गएपछि निरन्तर ब्याजदर घटाउँदै आएका वाणिज्य बैंकहरूले चैतमा पनि घटाएका हुन् ।
बैंकहरूले घटाएको ब्याजदर चैत १ गतेदेखि लागू हुनेछ । बैंकहरूले सार्वजनिक गरेको ब्याजदर अनुसार मुद्दती निक्षेपमा औसत व्यक्तिगततर्फ ०.५० प्रतिशत घटेको देखिन्छ भने संस्थागततर्फ भने ०.२८ प्रतिशतले ब्याजदर बढेको छ ।
यसैक्रममा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले व्यक्तिगततर्फ १ प्रतिशत घटाएर ७ प्रतिशत र संस्थागततर्फ ६ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । यसअघि फागुनमा बैंकले व्यक्तिगततर्फ ८ प्रतिशत र संस्थागततर्फ ६ प्रतिशत ब्याजदर तोकेको थियो ।
https://www.nimb.com.np/interest-rate
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google