निजी क्षेत्रको सुझावले अर्थतन्त्रमा सुधार हुँदैछ : अध्यक्ष ढकाल

दर्पण दैनिक २० आश्विन २०८०,०८:५४
post

बुटवल । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा अप्ठ्यारो अवस्थामा रहेको अर्थतन्त्र निजी क्षेत्रले दिएका सुझावलाई सरकारले आत्मसाथ गर्दा सुधार आउन थालेको बताएका छन् ।

बुटवल उद्योग वाणिज्य संघको ७० औं साधारणसभा उद्घाटन गर्दै ढकालले आफूहरुको सुझावअनुसार नीतिगत सुधार गरेपछि अर्थतन्त्रमा सुधार आउन थालेको जिकिर गरे ।  

उनले  नेपालमा अवसर र संभावना प्रचुर मात्रामा रहेको उल्लेख गर्दै सरकारले आम उद्योगी व्यवसायी र नागरिकमा मनोबल उच्च बनाउने भूमिका खेल्नुपर्नेमा जोड दिए । 

हालै मात्र नेपाल उद्योग वाणिज्य महासंघको ढोरपाटन बैठकले सातवटै प्रदेश सरकारसँग मिलेर सातै प्रदेशमा लगानी सम्मेलन गर्ने निर्णय गरेकाले लगानीमैत्री वातावरण बनाउन सरकारी निकाय गम्भीर भएर लाग्न आग्रहसमेत गरे । 

उनले गौतमबुद्ध विमानस्थललाई लक्षित गरेर ठूला होटेलसहित पर्यटन क्षेत्रमा अरबौँ लगानी भएपनि पूर्ण क्षमतामा सञ्चालन नहुँदा लगानी जोखिममा परेकाले सरकार गम्भीर बन्नुपर्ने आग्रह गरे । 

कार्यक्रममा बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले निजी क्षेत्र र तीनै तहका सरकारबीच संवाद र छलफलबाट अर्थतन्त्रमा देखिएका संकट समाधान गर्न सकिने भन्दै निराशाको सन्देश फैलाउन नहुनेमा जोड दिए । 

नेपाल उद्योग वाणिज्य महासंघकी एसोसिएट उपाध्यक्ष ज्योत्सना श्रेष्ठले युवा शक्तिको विदेश पलायनले देशमा श्रमिक अभावको डरलाग्दो अवस्था आउन थालेकाले यसलाई रोक्नुपर्ने बताइन् । 

महासंघका लुम्बिनी प्रदेश अध्यक्ष कृष्णप्रसाद शर्माले उद्योगी व्यवसायीहरुले असोज मसान्तमा किस्ता र ब्याज तिर्न सक्ने अवस्थामा नरहेकाले थप गर्न माग गरे । 

बुटवल उद्योग वाणिज्य संघको शनिवार मनोनयन दर्ता र  २२ गते  मतदान हुने कार्यतालिका रहेको छ । यहाँ दिनेश श्रेष्ठ र हरिप्रसाद अर्यालले छुट्टाछुट्टै प्यालन बनाएर मैदानमा जाने  घोषणा गरेका छन् । 

सम्बन्धित खबर

post

लोप हुँदै जुनेलो खेती

१९ माघ २०७९,०८:३२
post

टर्की पालनबारे जानाकरी

६ फाल्गुन २०७९,२०:४६
post

बजेट कार्यान्वयन निराशाजनक

१७ फाल्गुन २०७९,०८:२४
post

चैतदेखि बैंकको ब्याजदर घट्ने

२५ फाल्गुन २०७९,१२:१२
post

घट्यो हवाई भाडा (सूचीसहित)

२१ चैत्र २०७९,१९:१४
post

इसेवाले ल्यायाे एकमा ४ अफर

२२ बैशाख २०८०,०८:३७
post

बजेट भाषण २०८० /०८१ (LIVE)

१५ जेष्ठ २०८०,१६:३१
post

कुन मन्त्रालयलाई कति बजेट ?

१६ जेष्ठ २०८०,०८:४१
post

आयकरमा नयाँ व्यवस्था

२० जेष्ठ २०८०,१४:४६
post

संसद्‌मा आजदेखि बजेट छलफल

२१ जेष्ठ २०८०,०६:३७
post

ग्लोबल आईएमई बैंक सम्मानित

२५ जेष्ठ २०८०,२१:१७
post

तरकारी र फलफूलको आयात घट्यो

३१ जेष्ठ २०८०,०६:५२
post

कुन बैंकको नाफा कति ?

२२ श्रावण २०८०,०८:५३
post

विनोद चौधरीलाई एशियन अवार्ड

३१ श्रावण २०८०,१९:४९
post

मुस्ताङमा स्याउ टिप्न सुरु

१ आश्विन २०८०,१४:५४
post

सयपत्री बेचेर नौ लाख आम्दानी

२२ कार्तिक २०८०,१७:०१
post

ग्यासको मूल्य बढ्याे

१८ माघ २०८०,०९:०७
post

एनसेलको ‘डबल मजा प्याक’

२५ माघ २०८०,११:०५
post

घट्यो नेपाल टेलिकमको नाफा

१ फाल्गुन २०८०,११:३४
post

घट्याे उपभोक्ता मूल्यवृद्धि

२७ फाल्गुन २०८०,१६:२१
post

अन्डाको मूल्य घट्यो

२० बैशाख २०८१,१४:४७
post

यी हुन् कर बढेका क्षेत्र

१५ जेष्ठ २०८१,१७:३७
post

बढ्यो अण्डाको मूल्य

३१ असार २०८१,१४:५९
post

बढ्यो अन्डाको मूल्य

५ कार्तिक २०८१,११:२५
post

साहस ऊर्जाको अध्यक्षमा पाठक

११ कार्तिक २०८१,१५:४२
post

बढ्याे पेट्रोलको मूल्य

१५ मंसिर २०८१,२०:५७
post

अण्डाको मूल्य बढ्यो

२१ मंसिर २०८१,२०:४८
post

नबिल बैंक सम्मानित

२९ चैत्र २०८१,०७:४८
post

अण्डाको मूल्य बढ्याे

१४ बैशाख २०८२,१३:२१
post

अण्डाको भाउ बढ्यो

१८ जेष्ठ २०८२,०९:१०
post

१६०० ले बढ्याे सुनको मूल्य

३० जेष्ठ २०८२,११:५०

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: