पुष्प व्यवसायीका समस्या बुझ्न नर्सरी, फार्म र खुद्रा पसलमा पुग्दै फ्यानका पदाधिकारी

दर्पण दैनिक १३ जेष्ठ २०८२,१७:१५
post

काठमाडाैँ । फ्लोरिकल्चर एशोसिएसन नेपाल (फ्यान)का कार्यसमिति तथा नर्सरी उपसमितिका सबै पदाधिकारी तथा सदस्यहरु सहितको सहभागितामाले काठमाडाैँ उपत्यका भित्र रहेका अधिकांश नर्सरीहरु, कट फ्लावर फार्म तथा केहि कट फ्लावर खुद्रा पसलहरुको स्थलगत अवलोकन भ्रमण सम्पन्न गरिएकाे छ ।  फ्यानकाे कार्ययोजना अनुसार पहिलो चरणमा बैशाख २८ देखि बिभिन्न चरणमा स्थलगत अवलोकन भ्रमण सम्पन्न गरिएकाे हाे । 


भ्रमणको क्रममा पुष्प व्यवसायसँग सम्बन्धि विविध पक्षहरुमा व्यवसायीहरुसंग गहन छलफल गरिएको फ्यानका पदाधिकारीहरूले बताएका छन् । फ्रयानका अनुसार कच्चा पदार्थ लगायत उतपादनका लागि आबश्यक अन्य बस्तु तथा सेवाहरुको मुल्य दिन प्रति दिन वृद्धि भइरहेको भएपनि फूल बिरुवाहरू अझै न्यून मुल्यमा बिक्री बितरण हुनु, केही व्यवसायीहरूले सामाजिक सञ्जालमा गुणस्तरहीन फुल बिरुवाहरू सस्तो मुल्यमा बिक्रीका लागि प्रवद्र्धन गर्नु, र त्यसबाट बजारमा अस्वस्थ प्रतिस्पर्धा सिर्जना भई गुणस्तरीय उत्पादनले समेत उचित मुल्य नपाउने अवस्था सृजना हुनु आदि प्रमुख समस्याहरुका रूपमा उठाइएको थियो । 

यस्ता समस्याको दीर्घकालीन समाधानका लागि सबै व्यवसायीहरूले एकीकृत मुल्य निर्धारणको अवधारणालाई अघि बढाउनु अत्यन्त सकारात्मक पहलका रुपमा लिर्दै फ्यानद्वारा अघि सारिएको प्रयास प्रति समर्थन जनाएकाे बताइएकाे छ । साथै, बिरुवाको गुणस्तरमा कसरी सुधार गर्न सकिन्छ भन्ने विषयमा समेत सहभागी व्यवसायीहरूबीच महत्वपूर्ण सुझाव र अनुभवहरू आदान प्रदान भएको फ्रयानका सचिव राजु तामाङले जानकारी दिए । 

उनले भने, 'समय अभावका कारण, भ्रमण कार्यक्रमका दौरान, सबै व्यवसायीहरु माझ पुग्न नसकिएकोले निकट भबिष्यमा पुनः भ्रमण कार्यक्रमलाई निरन्तरता दिदै छुटेका नर्सरी, कट फ्लावर फार्म, कट फ्लावर खुद्रा पसल लगायत अन्य  पुष्प तथा पुष्प जन्य वस्तु तथा सेवासङ्ग सम्बन्धित सदस्य व्यवसायीहरुसंग प्रत्यक्ष भेटघाट तथा अवलोकन भ्रमण गरिने जानकारी गराउँदछौं ।'

भ्रमणको क्रममा व्यवसायीहरुसंग भएको छलफल तथा प्राप्त हुन आएका सुझावहरूलाई संस्थागत रूपमा अगाडि बढाउदै संस्थाले छिटै एक व्यवसायीहरुको भेला कार्यक्रमको आयोजना गरि सो कार्यक्रममा कार्यसमिति, उपसमितिहरु तथा सम्पूर्ण पुष्प व्यवसायीहरूबीच प्रत्यक्ष अन्तकृया गरि अवलोकन भ्रमणका क्रममा प्राप्त हुन आएका गुनासा, सल्लाह, सुझाबहरूको विश्लेषण गर्दै दीर्घकालीन समाधानका उपायहरू तय गर्ने फ्यानले प्रतिबद्धता जनाएकाे छ  ।

सम्बन्धित खबर

post

लोप हुँदै जुनेलो खेती

१९ माघ २०७९,०८:३२
post

टर्की पालनबारे जानाकरी

६ फाल्गुन २०७९,२०:४६
post

बजेट कार्यान्वयन निराशाजनक

१७ फाल्गुन २०७९,०८:२४
post

चैतदेखि बैंकको ब्याजदर घट्ने

२५ फाल्गुन २०७९,१२:१२
post

घट्यो हवाई भाडा (सूचीसहित)

२१ चैत्र २०७९,१९:१४
post

इसेवाले ल्यायाे एकमा ४ अफर

२२ बैशाख २०८०,०८:३७
post

बजेट भाषण २०८० /०८१ (LIVE)

१५ जेष्ठ २०८०,१६:३१
post

कुन मन्त्रालयलाई कति बजेट ?

१६ जेष्ठ २०८०,०८:४१
post

आयकरमा नयाँ व्यवस्था

२० जेष्ठ २०८०,१४:४६
post

संसद्‌मा आजदेखि बजेट छलफल

२१ जेष्ठ २०८०,०६:३७
post

ग्लोबल आईएमई बैंक सम्मानित

२५ जेष्ठ २०८०,२१:१७
post

तरकारी र फलफूलको आयात घट्यो

३१ जेष्ठ २०८०,०६:५२
post

कुन बैंकको नाफा कति ?

२२ श्रावण २०८०,०८:५३
post

विनोद चौधरीलाई एशियन अवार्ड

३१ श्रावण २०८०,१९:४९
post

मुस्ताङमा स्याउ टिप्न सुरु

१ आश्विन २०८०,१४:५४
post

सयपत्री बेचेर नौ लाख आम्दानी

२२ कार्तिक २०८०,१७:०१
post

ग्यासको मूल्य बढ्याे

१८ माघ २०८०,०९:०७
post

एनसेलको ‘डबल मजा प्याक’

२५ माघ २०८०,११:०५
post

घट्यो नेपाल टेलिकमको नाफा

१ फाल्गुन २०८०,११:३४
post

घट्याे उपभोक्ता मूल्यवृद्धि

२७ फाल्गुन २०८०,१६:२१
post

अन्डाको मूल्य घट्यो

२० बैशाख २०८१,१४:४७
post

यी हुन् कर बढेका क्षेत्र

१५ जेष्ठ २०८१,१७:३७
post

बढ्यो अण्डाको मूल्य

३१ असार २०८१,१४:५९
post

बढ्यो अन्डाको मूल्य

५ कार्तिक २०८१,११:२५
post

साहस ऊर्जाको अध्यक्षमा पाठक

११ कार्तिक २०८१,१५:४२
post

बढ्याे पेट्रोलको मूल्य

१५ मंसिर २०८१,२०:५७
post

अण्डाको मूल्य बढ्यो

२१ मंसिर २०८१,२०:४८
post

नबिल बैंक सम्मानित

२९ चैत्र २०८१,०७:४८
post

अण्डाको मूल्य बढ्याे

१४ बैशाख २०८२,१३:२१

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: