
काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसले त्रिभुवन विमानस्थल अध्यागमनबाट भइरहेको भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको संलग्नता कतैबाट पुष्टि नहुने भन्दै सामाजिक सञ्जालमा अफवाह फैलाइएका भरमा राजीनामा दिन नहुने निष्कर्ष निकालेको छ ।
सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा भएको पदाधिकारी बैठकपछि पत्रकारसँग कुरा गर्दै प्रवक्ता डा. प्रकाशशरण महतले यो प्रकरणमा गृहमन्त्री निर्दोष रहेको बताए । उनले अध्यागमनमा भएको अख्तियारको छापामारी र त्यसपछिका कुराहरू संसदभित्र र बाहिर गृहमन्त्रीले प्रष्ट पार्ने बताए ।
शेखर कोइरालालगायतका केही नेताले कुरै नबुझी गृहमन्त्रीको राजीनामा माग गरेकोमा कांग्रेस बैठकमा आलोचना भएको महतले बताए । उनले अब नेताहरूले वास्तविकता बुझेकाले त्यस्ता अभिव्यक्ति नआउने प्रष्ट पारे ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google