अर्थमन्त्रीलाई रवि लामिछानेले साेधे ६ प्रश्न

दर्पण दैनिक २५ जेष्ठ २०८०,१३:२४
post

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् संसदीय दलका नेता रवि लामिछानेले आर्थिक बर्ष २०८०/०८१ को बजेटमा अर्थमन्त्रीले करका दर हचुवाका आधारमा राखेको आरोप लगएका छन् । साथै उक्त कुरा स्पष्ट पार्न अर्थमन्त्रीसमक्ष लामिछानेले ६ वटा प्रश्न अघि सारेका छन् । सरकारले प्रस्तुत गरेको २०८०/०८१ को बजेटमाथि जारी छलफलअन्तर्गत प्रतिनिधि सभाको बिहिबारको बैठकमा लामिछानेले उक्त सन्देह प्रकट गरेका हुन् । 


यस्ता छन् रविका ६ प्रश्नः

१.कर र गैरकरलाई प्रभाव पार्ने क्षेत्र फरक हुन्छन् भने एउटै दरमा वृद्धि कसरी सम्भव हुन्छ ? 
२. कुल राजस्व र कर वृद्धिको दर एउटै कसरी हुन्छ ? 
३. कुल राजस्व र गैर करको वृद्धि एउटै कसरी हुन्छ ? 
४. कर र गैर कर, जसको आधार र प्रकृति बिल्कुल भिन्न हुन्छ । यिनको वृद्धिदर कसरी एउटै हुन्छ ? 
५. करका विभिन्न स्रोतहरुको वृद्धिदर एउटै कसरी हुन्छ ? 
६. राजस्वका ९० शीर्षकमध्ये ६८ वटा शीर्षकहरुबाट प्राप्त हुने राजस्वको वृद्धिदर एउटै कसरी हुन्छ ? 

आफूले सोधेका प्रश्नहरु स्पष्ट पार्न नसके बजेटमाथिको छलफलको औचित्य नरहेको लामिछानेको तर्क छ । 

सम्बन्धित खबर

post

बंगलादेशतर्फ लागे झलनाथ खनाल

११ फाल्गुन २०७९,१५:०१
post

राप्रपाले बोलायो आकस्मिक बैठक

१३ फाल्गुन २०७९,०९:१६
post

सरकार छाड्ने एमालेको निर्णय

१५ फाल्गुन २०७९,१२:४६
post

सरकारलाई लिङ्देनको चुनौती

१५ चैत्र २०७९,१४:१२
post

जसपाको विधान अधिवेशन सर्यो

२३ चैत्र २०७९,१३:१३
post

चितवन-२ मा मतगणना सुरु

११ बैशाख २०८०,१४:४२
post

घनश्याम भुसाललाई पितृशोक

२१ जेष्ठ २०८०,११:१९