काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठले राष्ट्रपति निर्वाचनमा वर्तमान परिस्थितिमा पार्टीले कसैलाई पनि समर्थन नगर्ने बताएका छन् ।
उनले सबै दल स्वार्थमा मात्रै लागिपरेको पनि आरोप लगाए ।
‘आठ दलीय १२ दलीय जति दलीय होस् । देशको मुलभूत विषयमा राष्ट्रिय सहमति हुन सकेको छैन’, उनले भने, ‘तर पदका लागिमात्रै अहिले सहमति भएको हो । यसको अर्थ छैन ।’
उनले पछिल्लो राजनीतिक घटनाक्रमले आफ्नो पार्टीले सरकार छाडेको औचित्य पुष्टि भएको पनि दाबी गरे । शनिबार राष्ट्रपतिमा आठ दलको तर्फबाट कांग्रेस नेता रामचन्द्र पौडेल तथा एमालेको तर्फबाट सुवासचन्द्र नेम्वाङले उम्मेदवारी दर्ता गराएका थिए ।