
काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री तीर्थराम डंगोलको निधन भएको छ । ७७ वर्षको उमेरमा गएराति उनको निधन भएको कांग्रेस नेता भीमसेनदास प्रधानले जानकारी दिए ।
विसं. २००४ सालमा जन्मिएका डंगोल लामो समयदेखि नेपाली कांग्रेसको राजनीतिमा सक्रिय थिए । ०४३ मा काठमाडौंको उपमेयर भएका उनी कांग्रेस काठमाडौं जिल्ला सभापति भएका थिए ।
०५६ मा पहिलोपटक सांसद भएका डंगोललाई कांग्रेसले समानुपातिकबाट सभासद् बनाएको थियो । डंगोल राज्यमन्त्री समेत बनेका थिए ।
डंगोलको पार्थीव शरीर अन्तिम श्रद्धान्जलीका लागि बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म पार्टी केन्द्रीय कार्यालय सानेपामा राखिने कांग्रेस नेता प्रधानले जानकारी दिए ।


























































































1679298112.jpg)

































































































1674115170.jpg)





















.jpg)

























































































































































1691312161.jpg)































































































































































































































































































.jpg)





































































































































































































































































































































प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google