महाधिवेशन समयमै नहुने संसय पैदा भयो : नैनसिंह महर

दर्पण दैनिक ३ कार्तिक २०८२,१३:२२
post

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले पार्टीको महाधिवेशन समयमै नहुने संसय पैदा भएको बताएका छन् ।नेपाल प्रेस युनियन कैलालीले आज धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै नेता महरले यस्तो बताएका हुन् । समयमै महाधिवेशन गर्नेगरी महाधिवेशन कार्यतालिका नआए पदाधिकारीको कार्यक्षमतामाथि प्रश्न उठ्न सक्ने उनको भनाइ छ ।


एवं शिक्षा विभाग प्रमुख समेत रहेका महरले चालु केन्द्रीय समितिसमक्ष वर्तमान विषम परिस्थितिमा जिम्मेवार पदाधिकारीका तर्फबाट १५ औं महाधिवेशनको कार्यतालिका नआउनु दु:खद भएको बताएका हुन् ।

कांग्रेस विधानअनुसार पदाधिकारीहरूको कार्यविभाजन भएको तर समयमै आआफ्नो जिम्मेवारी पूरा गर्न नसक्दा १५औं महाधिवेशन समयमै सम्पन्न गर्न चुनौति देखिएको उनले औंल्याएका छन् ।


‘निर्वाचन सम्पन्न गर्न पहिलो विषय नै क्रियाशिल सदस्यता नवीकरण, वितरण र व्यवस्थापन भएकाले आजसम्म उक्त कार्य सम्पन्न गर्न नसक्दा महाधिवेशन समयमै नहुनेहोकि भन्ने संसय पैदा भएको छ। त्यसैले अब महाधिवेशनको मिति तय गर्न ढिला गर्नु हुँदैन’, उनले भने।

सामाजिक सञ्जालमा भन्दा पनि आधिकारिक रूपमा जिम्मेवार पदाधिकारीका तर्फबाट महाधिवेशनको कार्यतालिका केन्द्रीय समिति बैठकमा एथासक्य चाँडो आउनु पर्ने उनले बताए ।

यस्तै उनले कांग्रेसले युवा पुस्तामा नेतृत्व हस्तान्तरण गर्नु पर्ने बताएका छन् । जेनजीको माग सम्बोधन हुने गरी कांग्रेसले नेतृत्व पुस्तान्तरण गर्नुपर्ने बताएका हुन् ।

‘हामी नेतृत्व लिन सक्षम छौं । कांग्रेसको राम्रो उत्तराधिकारी बन्न हामी सवल छौं। हामी कांग्रेसको शीष नेतृत्व सम्हाल्न सक्छौं । हामी सांसद, मन्त्री र प्रधानमन्त्री बनेर देश हाक्न सक्ने क्षमता विस्तार गरिसकेका छौं’ उनले भने । त्यसका लागि कांग्रेसले जनतामाझ परीक्षण हुन बाँकि र सक्षम युवा नेताहरूलाई अवसर दिने बेला आएको र जेनजीहरूको माग पनि यही रहेको उनको धारणा छ ।

‘तीन पटक सांसद र मन्त्री भइसकेकाहरू, पूर्व र वर्तमान पदाधिकारीहरू, सरकार सञ्चालनको संयन्त्रमा बसेकाहरू र केपी शर्मा ओलीको नेतृत्वमा बसेकाहरूले एक पटक कुलिङमा बस्नुपर्छ’ उनले भने । कांग्रेसमा अवसरको न्योचित वितरण भएन भन्ने ठूलो असन्तुष्टि रहेकाले त्यसलाई पार्टीले सम्बोधन गर्न सक्नु पर्ने उनले बताए ।

‘हामी ११ जना केन्द्रीय सदस्यले पहिले नै गठबन्धनको सरकार निर्माण गर्नु हुँदैन भनेर कांग्रेस बैठकमा फरक कुरा राखेका थियौं । माओवादीसँगको गठबन्धन लामो जान्छ भन्ने प्रस्ताव पदाधिकारी तहबाटै आएको थियो । तर, गठबन्धन लामो समय जान सकेन। यस्ता विषयको आकलन गर्न नसक्नु पनि नेतृत्वको कमजोरी हो’ उनले भने ।

यस्ता परिस्थितिको नेतृत्वले बेलैमा आकल गर्न सक्नु पर्ने उनले बताए ।

महरले देश र कांग्रेस बनाउने हुटहुटी नेतृत्वमा नपुगिकन कार्यान्वयन गर्न सहज नहुने भएकाले आफू त्यसका लागि सक्षम र तयार रहेको बताएका छन् । ‘म पार्टीभित्रको जुनसुकै जिम्मेवारीका लागि पनि तयार र सक्षम छु’ उनले भने ।

सम्बन्धित खबर

post

बंगलादेशतर्फ लागे झलनाथ खनाल

११ फाल्गुन २०७९,१५:०१
post

राप्रपाले बोलायो आकस्मिक बैठक

१३ फाल्गुन २०७९,०९:१६
post

सरकार छाड्ने एमालेको निर्णय

१५ फाल्गुन २०७९,१२:४६
post

सरकारलाई लिङ्देनको चुनौती

१५ चैत्र २०७९,१४:१२
post

जसपाको विधान अधिवेशन सर्यो

२३ चैत्र २०७९,१३:१३
post

चितवन-२ मा मतगणना सुरु

११ बैशाख २०८०,१४:४२
post

घनश्याम भुसाललाई पितृशोक

२१ जेष्ठ २०८०,११:१९
post

माओवादी बैठक आज पनि

२० श्रावण २०८०,०९:११
post

एमालेको संकल्प यात्रा सुरू

१४ मंसिर २०८०,११:११
post

धनकुटामा ओलीमाथि हातपात

२८ मंसिर २०८०,१६:४८
post

माधव नेपाल चढे वयल गाडा

२६ पुष २०८०,१४:५१
post

एकीकृत समाजवादी सरकारमा जाने

२३ फाल्गुन २०८०,१४:२४
post

रमेश खरेलले छाडे रास्वपा

१४ चैत्र २०८०,१५:३८
post

मोहन वैद्यको पार्टी फुट्यो

१७ बैशाख २०८१,१८:३१
post

उपेन्द्र यादवले छाडे सरकार

३१ बैशाख २०८१,१२:२०
post

अब समिति बन्दैन : मनिष झा

३ जेष्ठ २०८१,२०:५९
post

टीआरसीमा सहमति जुट्यो

१७ श्रावण २०८१,११:५४
post

ओलीविरुद्ध अनफलो अभियान

१९ भाद्र २०८१,०९:०६
post

गगनलाई रविको जवाफ

१ आश्विन २०८१,१२:४३
post

आज संविधान दिवस

३ आश्विन २०८१,०६:५३
post

कांग्रेस नेता महरलाई मातृ शोक

१० कार्तिक २०८१,१५:५७
post

भ्रम नछरियोस् : तोसिमा कार्की

१९ कार्तिक २०८१,१८:०४
post

रास्वपा बैठकका ७ निर्णय

९ फाल्गुन २०८१,०७:४८
post

आफ्नो युद्ध आफैँ लड्नुपर्छ

२८ बैशाख २०८२,१२:१४
post

नाउपाको अध्यक्षमा लालवीर

१६ श्रावण २०८२,१८:४९
post

शीतलनिवासमा जुट्यो सहमति

२७ भाद्र २०८२,१९:४२
post

विष्णु पौडेलले मागे माफी

३ आश्विन २०८२,०९:३४

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: