काठमाडौं । काठमाडौंको कीर्तिपुर नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका कृष्णमान डंगोल विजयी भएका छन् । निर्वाचन आयोगका अनुसार उनी ५ हजार ३ सय ३४ मतसहित विजयी बनेका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका शिवशरण महर्जनले ४ हजार ५ सय ५५ मत पाएका छन् ।
नेकपा एमालेका सुरेन्द्र मानन्धरले ४ हजार ३ सय ३७ मत पाए । कांग्रेसबाट निर्वाचित राजकुमार नकर्मीको निधन भएपछि कीर्तिपुरमा उपनिर्वाचन भएको हो । कांग्रेसले कीर्तिपुरमा जित जोगाउन सक्यो । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ समेतको समर्थन रहेका स्वतन्त्र उम्मेदवार राजमान महर्जन भने चौंथो स्थानमा रहे ।
उनले २ हजार ३६ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यसअघि ०७९ मा भएको स्थानीय तह निर्वाचनमा पनि यहाँ कांग्रेसले नै जितेको थियो ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google