कांग्रेसकाे क्रियाशील सदस्यता असारभित्र नवीकरण गरिसक्नुपर्ने

दर्पण दैनिक ८ जेष्ठ २०८२,२१:१९
post

काठमाडौं । नेपाली कांग्रेसले १५औं महाधिवेशनका लागि क्रियाशील सदस्यता नविकरणको अन्तिम म्याद असार मसान्तसम्मलाई तोकेको छ । महामन्त्री गगनकुमार थापा संयोजकत्वको ‘क्रियाशील सदस्यता व्यवस्थापन समिति’ को बुधबार सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको बैठकले असारभित्र क्रियाशील सदस्यता नवीकरण गरिसक्ने निर्णय गरेको हो ।

कांग्रेसले १५ औं महाधिवेशनको मिति तोकेको छैन । तर नेताहरूले भने महाधिवेशनको तयारी थालिसकेका छन् । ०७८ मा १४औं महाधिवेशन गरेको कांग्रेसको नियमित ४ वर्षे कार्यकाल ०८३ मंसिर मसान्तमा सकिन्छ । उक्त अवधिमा महाधिवेशनको टुंगो नभए असाधारण अवस्था रहेको खण्डमा मात्रै थप १ वर्ष म्याद थप गर्न सकिने व्यवस्था छ ।


अहिलेकै अवस्थामा कांग्रेसले ०८३ मंसिरभित्र महाधिवेशन गर्ने सम्भावना छैन । तर त्यसपछि पाँचौँ वर्षमा समेत महाधिवेशन गर्ने वा नगर्ने भन्ने तय गर्न क्रियाशील सदस्यताको काम मुख्य रहन्छ । महाधिवेशनको मुखमा क्रियाशील सदस्यता विवादले महाधिवेशन प्रभावित हुनु कांग्रेसको पुरानै रोग हो ।

यस वर्ष १५औँं महाधिवेशनका लागि असारभित्र क्रियाशील सदस्यता नवीकरण गरिसक्ने गरी अन्तिम म्याद तोकिएको सदस्यता व्यवस्थापन समितिका सदस्यसमेत रहेका केन्द्रीय सदस्य प्रकाश स्नेही रसाइलीले जानकारी दिए । ‘हामीले साउन मसान्तका लागि अन्तिम म्याद तोकेका छौँ । धेरै जिल्लाको काम सम्पन्न हुने क्रममा छ,’ उनले भने, ‘असारसम्ममा विवाद भएका जिल्लाहरूसहित ७७ वटै जिल्लाको क्रियाशील सदस्यता नवीकरण सम्पन्न गर्ने लक्ष्य लिएका छौँ ।’ उनका अनुसार हाल करिब १० जिल्लामा सदस्यताको विवाद छ। त्यस्तो विवाद देखिएका जिल्लाहरूमा सिरहा, बारा, सर्लाही, खोटाङ, रुपन्देही, कपिलवस्तुलगायत जिल्ला छन् ।

त्यस्तै, समितिले पार्टीको अनुशासन समितिमा उजुरी परेर हालसम्म निर्णय भइनसकेका २१ सय उजुरीका सम्बन्धमा समेत अनुशासन समितिसँग छलफल गरी टुंगोमा पुग्ने निर्णय गरेको छ । तीमध्ये कसको सदस्यता नवीकरण गर्ने वा नगर्ने ? को कारबाहीमा परेका हुन् ? कसलाई आममाफी दिइएको हो? त्यसको समेत विवरण आएपछि मात्रै नवीकरणको टुंगो लगाउन सकिने अवस्था छ,’ उनले भने ।

समितिले साउनदेखि भने महिला, दलित, मधेशी, आदिवासी जनजाति र थारूलगायत सीमान्तकृत समुदायको मतभारलाई आधार बनाएर नयाँ सदस्यता आह्वान गर्ने भएको छ। ‘असार मसान्तसम्म क्रियाशील सदस्यता नवीकरणको काम सक्ने र साउनबाट नयाँ क्रियाशील सदस्यता वितरण सुरु गर्ने निर्णय आज बसेको बैठकले गरेको छ,’ केन्द्रीय सदस्यसमेत रहेका स्नेहीले सुनाए। महामन्त्री थापा नेतृत्वको सदस्यता व्यवस्थापन समितिमा केन्द्रीय सदस्यहरू प्रकाश स्नेही रसाइली, सीता गुरुङ र योगेन्द्र चौधरी सदस्य छन् ।

सम्बन्धित खबर

post

बंगलादेशतर्फ लागे झलनाथ खनाल

११ फाल्गुन २०७९,१५:०१
post

राप्रपाले बोलायो आकस्मिक बैठक

१३ फाल्गुन २०७९,०९:१६
post

सरकार छाड्ने एमालेको निर्णय

१५ फाल्गुन २०७९,१२:४६
post

सरकारलाई लिङ्देनको चुनौती

१५ चैत्र २०७९,१४:१२
post

जसपाको विधान अधिवेशन सर्यो

२३ चैत्र २०७९,१३:१३
post

चितवन-२ मा मतगणना सुरु

११ बैशाख २०८०,१४:४२
post

घनश्याम भुसाललाई पितृशोक

२१ जेष्ठ २०८०,११:१९
post

माओवादी बैठक आज पनि

२० श्रावण २०८०,०९:११
post

एमालेको संकल्प यात्रा सुरू

१४ मंसिर २०८०,११:११
post

धनकुटामा ओलीमाथि हातपात

२८ मंसिर २०८०,१६:४८
post

माधव नेपाल चढे वयल गाडा

२६ पुष २०८०,१४:५१
post

एकीकृत समाजवादी सरकारमा जाने

२३ फाल्गुन २०८०,१४:२४
post

रमेश खरेलले छाडे रास्वपा

१४ चैत्र २०८०,१५:३८
post

मोहन वैद्यको पार्टी फुट्यो

१७ बैशाख २०८१,१८:३१
post

उपेन्द्र यादवले छाडे सरकार

३१ बैशाख २०८१,१२:२०
post

अब समिति बन्दैन : मनिष झा

३ जेष्ठ २०८१,२०:५९
post

टीआरसीमा सहमति जुट्यो

१७ श्रावण २०८१,११:५४
post

ओलीविरुद्ध अनफलो अभियान

१९ भाद्र २०८१,०९:०६
post

गगनलाई रविको जवाफ

१ आश्विन २०८१,१२:४३
post

आज संविधान दिवस

३ आश्विन २०८१,०६:५३
post

कांग्रेस नेता महरलाई मातृ शोक

१० कार्तिक २०८१,१५:५७
post

भ्रम नछरियोस् : तोसिमा कार्की

१९ कार्तिक २०८१,१८:०४
post

रास्वपा बैठकका ७ निर्णय

९ फाल्गुन २०८१,०७:४८
post

आफ्नो युद्ध आफैँ लड्नुपर्छ

२८ बैशाख २०८२,१२:१४

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: