एकीकृत समाजवादीका दीर्घ सोडारी सुदूरपश्चिमको मुख्यमन्त्रीमा नियुक्त

दर्पण दैनिक ६ बैशाख २०८१,१८:२५
post

काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेकपा एकीकृत समाजवादीका दीर्घ सोडारी नियुक्त भएका छन् । साेडारीले एमाले, माओवादी, नेकपा एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टीको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए । 

यसअघि गत आइतबार नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीको समर्थनमा नागरिक उन्मुक्ति पार्टीका लक्ष्मणकिशोर चौधरी र एमाले-माओवादीको समर्थनमा नाउपाकै कैलाश चौधरीले मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए ।

प्रदेश प्रमुख नजिर मियाँले दुवै दाबीका आधारमा निष्कर्षमा पुग्न नसकिएको भन्दै पुन: मुख्यमन्त्रीमा दाबी आह्वान गरेका थिए ।

सम्बन्धित खबर

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: