यस्तो छ प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण-तालिका

दर्पण दैनिक १३ जेष्ठ २०८०,११:३८
post

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नयाँ अर्थिक वर्षको बजेट पास गरेर जेठ १७ गते भारत भ्रमणमा जाँदैछन् ।


चारदिने भ्रमणको औपचारिक निर्णय भई भ्रमण तालिका पनि सार्वजनिक भएको छ । भारतीय विदेश मन्त्रालयका अनुसार उनी १७ गतेदेखि २० गतेसम्म भारतमा रहनेछन् ।  पुस १० गते प्रधानमन्त्री नियुक्त भएपछि यो उनको पहिलो विदेश भ्रमण हो ।


भ्रमणका क्रममा दाहालले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी तथा राष्ट्रपति द्रोपदी मुर्मु र उपराष्ट्रपति हामिद अंसारीसँग भेटघाट गर्नेछन् । 

भारतीय समकक्षी मोदीसँग द्विदेशीय साझेदारीका विविध क्षेत्रमा छलफल गर्ने कार्यतालिका रहेको भारतीय विदेश मन्त्रालयले विज्ञप्तिमार्फत् जनाएको छ ।

औपचारिक कार्यक्रममा अतिरिक्त प्रधानमन्त्री दाहालले उज्जैन र इन्दौर भ्रमण गर्ने कार्यतालिका पनि रहेको छ ।

सम्बन्धित खबर

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: