काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल बंगलादेश प्रस्थान गरेका छन् । ‘अन्तर्राष्ट्रिय मापदण्डअनुसार बंगलादेशमा मानव अधिकारको अवस्था’ सम्मेलनमा अतिथिका रूपमा भाग लिन खनाल बिहीबार त्यसतर्फ प्रस्थान गरेको उनको सचिवालयले जानकारी दिएको छ ।
बिहीबार मध्यान्ह १२:४० बजे विमान बंगलादेश एयरलाइन्सबाट बंगलादेशको राजधानी ढाका गएको उनको सचिवालयले जनाएको छ । साथमा एकीकृत समाजवादीका केन्द्रीय सदस्य मुहम्मद मियाँ, विदेश विभाग सचिव शंकर खतिवडालगायत पनि बंगलादेश गएका छन् ।
खनालले शुक्रबार ढाकास्थित सर्वोच्च अदालतमा आयोजित 'मानव अधिकार सम्मेलन-२०२३' लाई सम्बोधन गर्ने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ ।
खनालले शुक्रबार बंगलादेशकी प्रधानमन्त्री शेख हसिनासँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रमसमेत तय भएको सचिवालयको भनाइ छ ।