काठमाडौं । नेपाली कांग्रेस काभ्रेका सभापति एवं बागमती प्रदेश सरकारको खानेपानी,ऊर्जा तथा सिंचाई मन्त्री तीर्थबहादुर लामा आफ्नो नीजि भम्रणको लागि दक्षिण कोरिया गएका छन् । मन्त्री लामा श्रावण २ गते (आज) देखि १० गतेसम्म दक्षिण कोरियाको भ्रमणमा रहनेछन् । मन्त्री लामाको यो भ्रमण पार्टी र मन्त्रालयबाट नभइ नीजि भम्रण भएको उनकाे सचिवालयले जनाएकाे छ ।
नेपाली कांग्रेस काभ्रेका पार्टी सचिव गुणराज मोक्तानका अनुसार सभापति तीर्थ लामाले दक्षिण कोरियाको भ्रमणमा जाने भएपछि काभ्रे कांग्रेसको कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति ठाकुरप्रसाद न्यौपानेलाई दिएका छन् । न्यौपानेलाई नेपाली कांग्रेसको विधान २०१७ (संशोधन सहितको धारा ७ को (ट) मा भएको व्यवस्था अनुसार कार्यवाहक सभापतिको जिम्मेवारी दिइएको हो ।
जिम्मेवारी तोक्दै लामाले भनेका छन्, ‘पार्टीको नीति, सिद्धान्त, विधान र नियमावलीको अधिनमा रही सबै तहको साथीहरुसंग समन्वय गरी मेरो अनुपस्थितिमा नेपाली कांग्रेस काभ्रेलाई नेतृत्व प्रदान गर्नुहुन अनुरोध छ ।’
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google