कुखुरा चोरेको भन्दै कुटपिट गर्दा ९ वर्षीय बालकको मृत्यु

दर्पण दैनिक १० भाद्र २०८०,०९:५१
post

रुकुमपश्चिम । रुकुमपश्चिममा छिमेकीको कुटपिटबाट एक बालकको मृत्यु भएको छ । मुसिकोट नगरपालिका- ४ ताङतुंगेका ९ वर्षीय भुवन विकको छिमेकीको कुटपिटको कारण शनिबार मृत्यु भएको प्रहरीले जनाएको छ ।

कुखुरा चोरेको आरोपमा ७ भदौमा स्थानीय रामबहादुर बुढाथोकीले बालकलाई निर्घात कुटपिट गरेका थिए । बुढाथोकीकै कुटपिटबाट बालकको मृत्यु भएको प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमका प्रहरी निरीक्षक विष्णुप्रसाद श्रेष्ठका अनुसार कुटपिटबाट गम्भीर बिरामी परेका बालकलाई उपचारको लागि शनिबार बिहान जिल्ला अस्पताल सल्ले लगिएको थियो । 

अस्पताल लगेपछि स्वास्थ्यकर्मीले उनलाई मृत घोषणा गरेका प्रहरीले जनाएको छ ।  कुटपिटबाट गम्भीर घाइते भएका बालकलाई २ दिनसम्म उपचार नगरी घरमै राख्दा उनको अवस्था चिन्ताजनक बनेको थियो ।

बालकलाई कुटपिट गर्ने बुढाथोकीलाई प्रहरीले पक्राउ गरेर कारबाही प्रक्रिया अघि बढाएको छ । बुढाथोकी पनि बोल्न नसक्ने अपांगता भएका व्यक्ति हुन् । 

सम्बन्धित खबर

post

‘घरघरमा सांसद’ अभियान

२६ माघ २०७९,११:५३
post

महामूर्खको उपाधि मेयर साहलाई

२३ फाल्गुन २०७९,१९:३३
post

बैतडीका तीन युवती बेपत्ता

२१ चैत्र २०७९,१२:१२
post

घरभाडा घटाउन माग

३० चैत्र २०७९,१४:१४
post

आज सुदूरपश्चिम बन्द

२८ जेष्ठ २०८०,०९:१६
post

बनेपाको पुलमाथि खोला

२३ श्रावण २०८०,०९:४२
post

८९ वर्षको उमेरमा नागरिकता

२७ श्रावण २०८०,१०:५१

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: