सुर्खेत । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०-८१ का लागि ३३ अर्ब ३७ करोड ९७ लाख ७ हजार रुपैयाँको बजेट ल्याएको छ । चालुतर्फ नौ अर्ब २० लाख २४ हजार र पुँजीतर्फ १९ अर्ब ५७ करोड ७२ लाख ४३ हजार रहेको छ ।
शुक्रबार कर्णाली प्रदेशसभा बैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै आर्थिक मामिला तथा योजनामन्त्री बेदराज सिंहले कर्णालीको मुख्य समस्याका रूपमा रहेको गरिवी न्यूनीकरणका लागि कर्णाली समृद्धिको अभियानलाई परियोजनाका रूपमा अगाडि बढाइने बताए ।