गण्डकीमा मन्त्रिपरिषद विस्तार, को-को बने मन्त्री ?

दर्पण दैनिक २९ बैशाख २०८०,१७:०३
post

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मन्त्रिपरिषदलाई पूर्णता दिएका छन् । गत वैशाख १५ मा नेपाली कांग्रेस संसदीय दल नेता पाण्डे मुख्यमन्त्री बने पनि मन्त्रिपरिषदले पूर्णता पाउन सकेको थिएन ।

यसअघि कांग्रेसबाट सरस्वती अर्याल र नेकपा माओवादी केन्द्रबाट सुशीला सिंखडा मात्रै मन्त्री बनेका थिए ।

शुक्रबार मुख्यमन्त्री पाण्डेले थप मन्त्री बनाएका हुन् । कांग्रेसबाट महेन्द्रध्वज जिसी कृषि मन्त्री, दीपेन्द्र थापा उद्योग मन्त्री र जितप्रकाश आले आर्थिक मामिला मन्त्री भएका छन् ।

माओवादीबाट रेशमबहादुर जुग्जाली भौतिक मन्त्री भएका छन् । गण्डकीमा नेकपा एकीकृत समाजवादीलाई पनि एक मन्त्री दिने चर्चा थियो। राजिव गुरूङ (दीपक मनाङे) मन्त्री हुने चर्चा भए पनि मुख्यमन्त्रीले उनलाई मन्त्री बनाएनन् । नवनियुक्त मन्त्रीहरूलाई गण्डकी प्रदेशका प्रदेश प्रमुख पृथ्वीमान गुरूङले शपथग्रहणसमेत गराइसकेका छन् ।

सम्बन्धित खबर

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: