ललितपुरको बाँडेगाउँमा ११ दिने श्रीमद्भागवत विराट ज्ञान महायज्ञ हुँदै, प्रधानमन्त्रीले उद्घाटन गर्दै आज

सन्तोष दहाल २० भाद्र २०८०,०७:४१
post

सन्तोष दहाल, ललितपुर । ललितपुरको गोदावरी नगरपालिका वडा नम्बर ३ मा निमार्ण हुने मामाघर अनाथालय आश्रम,बृहत् आध्यात्मिक केन्द्र,प्राकृतिक चिकित्सालय,योग तथा ध्यान केन्द्र,अन्न क्षेत्र,सत्सङ्ग भवन, पुस्तकालय, नि: शुल्क एम्बुलेन्स सेवा लगायतको सहयोगार्थ आयोजना गरिएको श्रीमद्भागवत विराट ज्ञान महायज्ञ बुधबार उद्घाटन हुँदैछ । 

मामाघर अनाथालय सपोर्ट एन्फ केयर सेन्टर न्र्पाल( मामाघर आश्रम) तथा यज्ञ सम्पादन मूल आयोजक समितिको आयोजनामा  भाद्र २० गते देखि ३० गते सम्म बाडेगाउँमा सन्चालन हुने महायज्ञको सम्पूर्ण तयारी पूरा भएको आयोजकले पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ ।
 
बुधबार प्रधानमन्त्री पुष्पकमल दाहालबाट महायज्ञको समुद्घाटन गरिने कार्यक्रम तय भएको आयोजकले जानकारी दिएको छ ।
देशभरीका अनाथ बालबालिकाहरुको आश्रय स्थल नेपालकै नमुना मामाघर अनाथ आश्रम ,वृहत आध्यात्मिक केन्द्र ,प्राकृतिक चिकित्सालय,योग तथा ध्यान केन्द्र ,अन्न क्षेत्र , धर्मशाला,सत्सङ्ग भवन,पुस्ताकालय,खेल मैदान,सन्त निवास,प्रवचन हल,गौशाला आदि निमार्ण तथा निशुल्क एम्बुलेन्स सन्चालनका लागि आर्थिक सहयोग जुटाउनका लागि महायज्ञ गर्न थालिएको मामाघर अनाथालय आश्रमका संस्थापक एंवम कथा वाचक वालयोगेश्वर विजय मुर्ती महाराजले बताए ।

महायज्ञलाई सफल पार्न विभिन्न समिति, उपसमिति गठन भएका छन भने स्थानीय बासिन्दा अहोरात्र खटिएका छन् । गोदावरी नगरपालिका एंवम ललितपुरवासीलाई महायज्ञ पुर्व विभिन्न कार्यक्रम गरेर दानविर र भक्तजनलाई आमन्त्रण गरिएको छ । महायज्ञ शुरु हुनु अघि मोटर साइकल र्यालीको आयोजना र शोभा यात्राको आयोजना गरिएको आयोजकले बताएका छन् । यस महायज्ञको कथाबाचन गरिमा उपाध्याय र उमा महेश्वरीले गर्नेछन् ।

महायज्ञस्थलमा विशिष्ट पाहुनाघर, प्रसाद स्थल सचिवालय, होम तुलादान स्थल निर्माण गरिएको छ । ललितपुरको सातदोवाटोखि अनुष्ठान अयोजनास्थलसम्म स्वागतद्वार निर्माण गरिएको छ ।

सम्बन्धित खबर

post

‘घरघरमा सांसद’ अभियान

२६ माघ २०७९,११:५३
post

महामूर्खको उपाधि मेयर साहलाई

२३ फाल्गुन २०७९,१९:३३
post

बैतडीका तीन युवती बेपत्ता

२१ चैत्र २०७९,१२:१२
post

घरभाडा घटाउन माग

३० चैत्र २०७९,१४:१४
post

आज सुदूरपश्चिम बन्द

२८ जेष्ठ २०८०,०९:१६
post

बनेपाको पुलमाथि खोला

२३ श्रावण २०८०,०९:४२
post

८९ वर्षको उमेरमा नागरिकता

२७ श्रावण २०८०,१०:५१

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: