मिसन ग्रासरुट अभियानमा एमाले चिङ्गाडका फिल्ड कमाण्डरहरु

खगेन्द्र हमाल १२ फाल्गुन २०७९,१२:४४
post

सुर्खेत । नेकपा एमालेको मिसन ग्रासरुट अभियान चिङ्गाडलाई दुई कलस्टरमा नेतृत्व बिभाजन गरिएको छ । प्रदेश कमिटी सदस्य चन्द्रलाल पौडेल र राम बहादुर शाही ईन्चार्ज रहने गरि दुई कलस्टरमा नेतृत्व दिएको छ । प्रदेश कमिटी सदस्य रामबहादुर शाहीको १, २, ३ न.वडा र चन्द्रलाल पौडेलको ४, ५, ६ नम्बर वडाको जिम्मेवारी पार्टीले तोकेको छ ।

जिल्ला कमिटी र पालिका कमिटीका नेताहरुलाई नेकपा एमालेले जिम्मेवारी सहित पालिकाका ६ वटै वडामा खटाएको छ । वडा न.१,पाम्कामा सुरेश बिसि र दिपा रानालाई खटाएको छ भने वडा न.२ रानिबासमा मनमाया गुरुङ  र लाल बहादुर जिसि लाई जिम्मेवारी दिएर खटाएको छ ।

त्यसैगरी वडा न.३ मटेलामा मानबहादुर राना र टेकबहादुर रानालाई जिम्मेवारी दिएको छ । वडा न.४ मा बिरेन्द्र थापा र मिना कुमारी रोकायलाई खटाएको छ, भने वडा न. ५ मा लोकबहादुर जिसी र यामप्रासाद उपाध्यायले जिम्मेवारी पाएका छन् । त्यसैगरी वडा न.६ मा कर्णबहादुर थापा र उदय बिसीलाई जिम्मेवारी दिएर फिल्डमा खटाएको छ ।

मिसन ग्रासरुट कार्यक्रम अभियानकै क्रममा अब बस्ने एमाले चिङ्गाडका वडा कमिटी बैठकले गाउँ कमिटीका सदस्यहरुलाई कार्य बिभाजन गरेर प्रत्येक टोलहरुमा खटाउने र प्रत्येक वडा र टोलहरुमा पार्टीको स्कुलिङ चलाउने र जनबर्गिय संगठनहरुको भेला तथा पार्टी सदस्य नविकरण गर्ने गरि अगाडि बढेको एमाले चिङ्गाडका सचिव लालबहादुर जिसीले जानकारी दिए ।

जिसीका अनुसार भोलि वडा न ६ पाम्कामा हुने वडाको बैठकले केही समय पहिला देखि रिक्त रहेको एमाले वडा कमिटी अध्यक्षको पदलाई परिपुर्ति गर्ने तयारी गरेको छ । वडा कमिटी अध्यक्षमा पार्टीले कस्तो ब्यक्तिलाई जिम्मेवारी प्रदान गर्ने भन्ने बारेमा निष्कर्षमा नपुगेको सचिव जिसीले बताए । यसभन्दा पहिले  छविलाल राना अध्यक्ष थिए । रानाले केही समय पहिला वडा कमिटी अध्यक्षबाट राजिनामा दिएपछि उक्त पद रिक्त भएको थियोे ।

सम्बन्धित खबर

post

‘घरघरमा सांसद’ अभियान

२६ माघ २०७९,११:५३
post

महामूर्खको उपाधि मेयर साहलाई

२३ फाल्गुन २०७९,१९:३३
post

बैतडीका तीन युवती बेपत्ता

२१ चैत्र २०७९,१२:१२
post

घरभाडा घटाउन माग

३० चैत्र २०७९,१४:१४
post

आज सुदूरपश्चिम बन्द

२८ जेष्ठ २०८०,०९:१६
post

बनेपाको पुलमाथि खोला

२३ श्रावण २०८०,०९:४२
post

८९ वर्षको उमेरमा नागरिकता

२७ श्रावण २०८०,१०:५१
post

काभ्रेको खानीखोलाका ८ घर बगे

१२ आश्विन २०८१,१६:३९
post

हुम्लामा हिमपात, किसान खुसी

२४ मंसिर २०८१,०८:३३

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: