
सन्तोष दहाल, ललितपुर । किसानबाट उत्पादित दुधमा किसान तथा दुग्ध व्यवसायी र उद्योगीलाई कर लगाउने भनेर गाउँपालिकाले अघि सारेको कार्यक्रमको चौतर्फी आलोचमा र विरोध भईरहेको छ । यसै क्रममा गाउँपालिकाका दुग्ध सङ्कलक तथा किसानहरुले किसानले उत्पादन गरेको कृषिको कच्चा पदार्थमा कर नलाग्ने भन्दै कर नतिर्ने र नतिराउने अडान लिएका छन् ।
बिहीबार गोटिखेलमा ललितपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघले आयोजमा गरेको गाउँपालिका भित्रका दुग्ध उत्पादक सहकारी संस्था,दूध सङ्कलन केन्द्रका प्रतिनिधी तथा आम किसानहरुबीच दुधमा लगाउने भनिएको कर, लम्की स्किनको प्रकोप तथा सम्भावित मिल्क होलिडेको सन्दर्भमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै महाङ्कालका दुग्ध व्यवसायी तथा किसानहरुले अन्य कुनै स्थानीय तहमा नभएको अभ्यास महाङ्कालमा हुन लागेको भन्दै आपत्ती जनाएका हुन् ।
कृषक तथा दुग्ध सङ्कलक गणेश प्रसाद चौँलागाइँले गाउँपालिकाले दुग्ध सङ्कलन गर्ने व्यवसायी तथा सहकारी संस्थाहरुलाई विचौलियाको आरोप लगाउने गरेको भन्दै त्यसो भए आफू पनि विचौलिया रहेको बताए । गाउँका कृषकले उत्पादन गरेको दूध तथा दुग्धजन्य पदार्थ बजारीकरणमा आफूले लामो समयदेखि भूमिका खेलेको भन्दै स्थानीय सरकारले किसानलाई अनुदान तथा प्रोत्साहनका कार्यक्रम ल्याउनुको साटो उल्टै किसानलाई नै चुस्ने काम गरेको उनको आरोप छ । अर्का कृषक गोबिन्द प्रसाद तिमल्सिनाले गाउँपालिका भित्रका कुनै पनि संस्था ,संकलक र किसान कर तिर्नको लागि तयार नभएको बताए । किसान श्यामराज लामाले कर लगाउनुको सट्टा राहत अनुदानका कार्यक्रम ल्याउन तथादुधको मुल्यमा एकरुपता कायम गर्नकोलागी गाउँपालिका र दुग्ध संघले कार्यक्रम ल्याउनुपर्ने बताए ।
कालेश्वरका किसान दिनेश बजगाइँले किसानलाई कर नलिने र उद्योगी व्यवसायी तथा सङ्कलक संस्थाहरुबाट मात्र लिने भन्दै गाउँपालिकाले सामाजिक सञ्जाल र आम जनमानसमा भ्रम छरे काम गरेको बताए । दुग्धजन्य कच्चा पदार्थम लगाइने करले प्रत्यक्ष रुपमा किसानलाई नै मार पर्ने उनको भनाई छ ।
कार्यक्रममा उपस्थित सबैले गाउँपालिकाले कुनै आधार बिना हचुवाको भरमा केही उद्योगी व्यवसायीहरुलाई झुक्याएर हस्ताक्षर गर्न लगाई कर लिने निर्णय गरेको गुनासो गरे । गाउँपालिकाले वर्षायाममा सडक बन्द हुँदा दूध तथा तरकारीजन्य उपज बजार लानका लागि गाह्रो भएको र उक्त समस्या समाधानको लागि छलफल गर्ने भन्दै बोलाएको बैठकमा उपस्थित जिल्ला दुग्ध उत्पादक सहकारी संघका कोषाध्यक्ष पुरुषोत्तम बजगाईँले आफूहरुलाई एउटा विषयमा जबरजस्ती हस्ताक्षर गराएर निर्णय अर्कै सार्वजनिक गरेको बताए । उक्त सम्बन्धमा हस्ताक्षर गर्ने सबै उद्योगी व्यवसायीको तर्फबाट छिटै विज्ञपति जारी गर्ने तयारी भईरहेको बजगाईँको भनाई छ ।
संघका अध्यक्ष कृष्ण प्रसाद सापकोटाले दुग्धजन्य क्षेत्रमा मिल होलिडेको असर देखिन सक्ने भन्दै पछिल्लो समय भारतीय दूध सस्तो र नेपाली महंगो हुँदा पाउडर दूध बनाउनुपर्ने बाध्यता रहेको बताए । करको विषयमा आफूहरुको आन्दोलन र विरोध संस्थागत र सिस्टममा रहेको भन्दै सापकोटाले सिस्टममा रहेका कुनै आन्दोलन र अभियान नहार्ने दावी गरे । उनले विगतमा पनि किसानले नहारेको, नहार्ने र हार्न नहुने बताए ।
सापकोटाले गाईवस्तुमा देखिएको लम्की स्किनको प्रकोप बाट हालसम्म ५० लाख चौपाया मरेको र ११ लाख बिरामी रहेको भन्दै स्थिती भयावह भएपछि मात्र आफूहरुको निरन्तर दवाबले सरकारले राहत तथा खोपका कार्यक्रम ल्याउन लागेको जानकारी दिए ।





















































































.jpg)






















































































































_GnRvz8QHio.jpg)

























































































































































































































.jpeg)



















































































































.jpeg)





































.jpg)





































.jpg)
































































































































































































































































































































































प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google