
काठमाडौं । नवनियुक्त कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले नेकपा एमालेलाई पनि सहभागी गराएर तीन सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन् । मुख्यमन्त्री कार्कीले नेपाली कांग्रेसबाट १ र नेकपा एमालेबाट १ जना मन्त्रीलाई आइतबार नियुक्त गरेका हुन् ।
शनिबार मुख्यमन्त्री नियुक्त भएका कार्कीले सुरुमा प्रदेश प्रमुख पर्शुराम खापुङसमक्ष शपथ लिएका थिए । त्यस लगत्तै उनले नवनियुक्त दुई मन्त्रीलाई पनि शपथ गराएका छन् ।
एमालेबाट राम राना र कांग्रेसबाट शमशेर राईलाई कार्कीले मन्त्रीको शपथ गराएका हुन् । राई र रानाको मन्त्रालय भने तोकिएको छैन ।
मुख्यमन्त्री कार्कीले संविधानको धारा १६८ को उपधारा ५ अनुसार मुख्यमन्त्रीमा नियुक्त भएका थिए । नेकपा एमालेसहितको समर्थनमा कार्कीलाई शनिबार प्रदेश प्रमुख खापुङले मुख्यमन्त्री नियुक्त गरेका हुन् ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google