अवरुद्ध भएका सडक खुलाउन तेमालका अध्यक्ष तामाङले खटाए टोलि, जारी गरे यस्तो सूचना

दर्पण दैनिक २५ असार २०८१,०८:२९
post

काभ्रे । तेमाल गाउँपालिकाका अध्यक्ष चन्द्रबहादुर तामाङ वर्षाका कारण बन्द हुने सडक खोल्न टाेलि नै बनाएर एक्सनमा उत्रिएका छन् । अध्यक्ष तामाङले गाउँपालिकाको डोजर परिचालन गरेर बाटो खुलाउने बताएका हुन् । उनले सूचना जारी गर्दै सडक बन्द भएमा वा अन्य विपद् आइपरेमा खबर गर्न भनेका छन् । उनले भनेका छन्, ‘विपद् भएको खण्डमा यथाशीघ्र खबर गर्नुहोला । डोजर अपरेटरको मोवाइल नं ९८४१७९७९११ मा सम्पर्क गर्न तेमालबासीलाई अनुरोध छ ।’

आँफै खटिएर आम नागरिकका समस्यामा साथ दिने गरेका अध्यक्ष तामाङको यो सूचनापछि धेरैले राम्रो काम भन्दै प्रशंसा गरेका छन् ।

आइतबार तेमालको वडा ३ मा पहिरो गएर पुरै भासिएको सडक निर्माण तथा खोल्ने कार्य जारी रहेको गाउँपालिकाका डोजर अपरेटर दिपेन्द्र उदासले जानकारी दिए । उनका अनुसार बाटो खोल्न स्थानीयसहित पालिका अध्यक्ष पनि खटिएका थिए । आज वडा ६ मा बन्द भएको सडक खोल्न लागेको समेत उदासले जानकारी दिए ।  

गाउँपालिका भित्रका स्थानीय सडक बन्द भएको सूचना निरन्तर आइरहेको बताउँदै उदासले १ देखि ९ सम्मका बडामा सडक अवरुद्ध भएको भन्ने खबर छ, खोल्न टोलि खटिएको बताए । 


 

सम्बन्धित खबर

post

‘घरघरमा सांसद’ अभियान

२६ माघ २०७९,११:५३
post

महामूर्खको उपाधि मेयर साहलाई

२३ फाल्गुन २०७९,१९:३३
post

बैतडीका तीन युवती बेपत्ता

२१ चैत्र २०७९,१२:१२
post

घरभाडा घटाउन माग

३० चैत्र २०७९,१४:१४
post

आज सुदूरपश्चिम बन्द

२८ जेष्ठ २०८०,०९:१६
post

बनेपाको पुलमाथि खोला

२३ श्रावण २०८०,०९:४२
post

८९ वर्षको उमेरमा नागरिकता

२७ श्रावण २०८०,१०:५१
post

काभ्रेको खानीखोलाका ८ घर बगे

१२ आश्विन २०८१,१६:३९

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: