बागमती प्रदेश सभामा खानेपानी मन्त्री तीर्थ लामालाई अधिकांस सांसदले दिए धन्यवाद

दर्पण दैनिक २० असार २०८०,२१:२८
post

काठमाडौं । बागमती प्रदेश सभामा आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमाथिको छलफल अन्तरगत मन्त्रालयगत छलफलमा प्रतिपक्षी सांसदहरुले बजेटकाे चर्को विरोध गरेका छन् । यसैक्रममा खानेपानी, ऊर्जा तथा सिंचाइ मन्त्रालयको बजेटमा भने सांसदहरुले समानुपातिक बजेट विनियोजन भएको भन्दै सन्तुलित विचार राखेका छन् । खानेपानी, ऊर्जा तथा सिंचाइ मन्त्री तीर्थ लामालाई भने कतिपय प्रतिपक्षी सांसदहरुले धन्यवाद दिएका छन् । प्रदेशसभामा सकारात्मक प्रतिक्रिया पाउने मन्त्री तीर्थ लामामात्रै हुन् । 

नेकपा एमालेको तर्फबाट अघिल्लो सरकारमा कृषि तथा पशुपन्छी विकास मन्त्री रहनुभएका केशवप्रसाद पोखरेलले विपक्षीका योजना मागेरै समेटेको भन्दै प्रशंसा गनुभएको हो । ‘खानेपानी मन्त्रीको सचिवालयले तपाईका प्राथकिताका केही योजना दिनुस् भनेर आफै माग्नुभयो, केही परेका छन्, क्रमागत योजना केही छुटेका छन्,’ उनले भने, ‘कम्तीमा उहाँहरुले त्यति गर्नुभएको छ, म उहाँलाई धन्यवाद दिन चाहन्छु ।’

अघिल्लो कार्यकालमा उद्योग, पर्यटन, वन तथा वातावरण समितिको सभापति रहेकी एकीकृत समाजवादीका सांसद रमा आलेमगरले व्यक्तिगत रुपमा समन्वय गरेर बजेट विनियोजन गरेको भन्दै खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्री तीर्थ लामा र मन्त्रालयलाई धन्यवाद दिए ।

सिन्धुलीकी एमाले सांसद सुकुमाया तामाङले अन्य मन्त्रालयबाट आफ्नो निर्वाचन क्षेत्रको लागि बजेट लगभग ‘शून्य’ भएपनि खानेपानी मन्त्री र उहाँको सचिवालयले सोधेरै योजनामा बजेट विनियोजन गरेको भन्दै प्रशंसा गरिन् । एमाले भक्तपुरकी सांसद सकुन्तला श्रेष्ठले विपक्षीबाट बधाई खाने मन्त्री तीर्थ लामालाई मनैदेखि धन्यवाद दिएको बताइन् । ‘मैले ६ वटा मन्त्रालयमा योजना पेस गरेको थिए, खानेपानी मन्त्रालय बाहेक अरु कुनै मन्त्रालयमा योजना परेन’ उनले भनिन्, ‘मैले पेस गरेका २ वटै योजना सम्बोधन गरिदिनु भएकोमा मन्त्रीलाई धन्यवाद ।’ एमाले सिन्धुपाल्चोककी सांसद माइली तामाङले ६ वटा योजना पेस गरेकोमा खानेपानी मन्त्रीले ६ नै वटा योजना समावेश गरिदिएको भन्दै प्रशंसा गरिन् ।

दोलखा जिल्लाबाट प्रतिनिधित्व गर्ने राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद मोनिका श्रेष्ठले मन्त्रीहरुमध्ये खानेपानी मन्त्रीले योजना समावेश गरिदिएको भन्दै धन्यवादको पात्र भएको बताइन् । कांग्रेसबाट निर्वाचित धादिङका मधुकुमार श्रेष्ठ, उर्मिला नेपाल लगायतले बजेट विनियोजन गर्ने मन्त्रीको शैलीको प्रशंसा गरे ।


प्रदेश सभामा बोल्ने अधिकांस सांसदहरुले सकारात्मक प्रतिक्रिया दिएका थिए । केही प्रश्न मात्र आएको भन्दै मन्त्री लामाले धन्यवाद दिए । मन्त्री लामाले सबैको मर्म र भावाना अनुसार काम गर्ने बताए । 

सम्बन्धित खबर

post

‘घरघरमा सांसद’ अभियान

२६ माघ २०७९,११:५३
post

महामूर्खको उपाधि मेयर साहलाई

२३ फाल्गुन २०७९,१९:३३
post

बैतडीका तीन युवती बेपत्ता

२१ चैत्र २०७९,१२:१२
post

घरभाडा घटाउन माग

३० चैत्र २०७९,१४:१४
post

आज सुदूरपश्चिम बन्द

२८ जेष्ठ २०८०,०९:१६
post

बनेपाको पुलमाथि खोला

२३ श्रावण २०८०,०९:४२
post

८९ वर्षको उमेरमा नागरिकता

२७ श्रावण २०८०,१०:५१
post

काभ्रेको खानीखोलाका ८ घर बगे

१२ आश्विन २०८१,१६:३९
post

हुम्लामा हिमपात, किसान खुसी

२४ मंसिर २०८१,०८:३३

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: