काठमाडौं । मन्त्रीको शपथ लिएको ९४ औँ दिनमा बागमती प्रदेशका मन्त्री रामकृष्ण चित्रकारले मंगलबार बिभागीय जिम्मेवारी पाएका छन् । मंगलबार मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा बसेको क्याबिनेट बैठकले उनको विभागीय जिम्मेवारी दिइनेगरी मन्त्रालयको नाम टुंग्याएको हो ।
मन्त्री चित्रकारले उद्योग वाणिज्य भूमी तथा प्रशासन मन्त्रालय पाउनेगरी मन्त्रालयको नाम आजको क्याबिनेट बैठकले टुंग्याएको हो । एक मन्त्रालय बढेसँगै बागमतीमा अब १२ मन्त्रालय रहने निर्णय भएको प्रदेश सरकारका प्रवक्ता गंगा नारायण श्रेष्ठले बताए ।