काठमाडौं । बागमती प्रदेश सरकारले नख्खु खोलाको बाढीमा बग्दै गरेका दुई जनाको सकुशल उद्दार गरेका चणिकलाल तामाङलाई सम्मान गर्ने भएको छ ।
प्रदेश सरकारले काभ्रेको तेमाल गाउँपालिका– ९ चोकटारका लामालाई डेढलाख रुपैयाँ नगदसहित सम्मान गर्ने घोषणा गरेको हो । प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले चणिकको सहासिक कामबाट दुई जनाको ज्यान जोगिएको भन्दै प्रदेश सरकारले सम्मान गर्न लागेको जानकारी दिए ।
तामाङले गत शनिबार ललितपुर महानगरपालिका २५ सुगम टोलस्थित नख्खु खोलामा बग्दै गरेका रौतहटका राजु साहकी छोरी ६ बर्षीया मेघना साह र राजुका भाइ २२ बर्षीय राज साहको उद्दार गरेका थिए ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google