लुम्बिनी । लुम्बिनी प्रदेशमा ३ वटा मन्त्रालय कटौती गरेर अब १० वटा मन्त्रालय बनाइने भएको छ भने राज्यमन्त्री पनि नराखिने भएको छ । यसअघिको लुम्बिनीमा ४ राज्यमन्त्रीगरी १७ जना मन्त्री थिए । अब मुख्यमन्त्रीसहित १० जना मात्र मन्त्री रहने आधारमा मन्त्रिमण्डल विस्तार हुने सरकारका प्रवक्ता चेतनारायण आचार्यले जानकारी दिए ।
अब रहने मन्त्रालयको सूचि
– मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
– आर्थिक मामिला मन्त्रालय
– आन्तरिक मामिला, कानुन तथा सञ्चार मन्त्रालय
– भौतिक पूर्वाधार विकास मन्त्रालय
– जलस्रोत व्यवस्था, ग्रामीण तथा सहरी विकास मन्त्रालय
– स्वास्थ्य मन्त्रालय
– सामाजिक विकास मन्त्रालय
– यातायात, उद्योग, पर्यटन तथा भूमि व्यवस्था मन्त्रालय
– वन तथा वातावारण मन्त्रालय
– कृषि तथा सहकारी मन्त्रालय
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google