दार्चुलामा जिप दुर्घटना हुँदा मृत्यु भएका ६ जनाको पहिचान खुल्याे

दर्पण दैनिक ३० कार्तिक २०८१,०८:०१
post

काठमाडाैँ । दार्चुलामा जात्राबाट फर्किरहेका दशनार्थी सवार जिप दुर्घटना हुँदा मृत्यु भएका ६ जनाको पहिचान खुलेको छ । प्रहरीका अनुसार २ जना भारतीय नागरिकसहित ६ जनाको मृत्यु पुष्टि भएको हो ।

मृत्यु हुनेमा भारतीय नागरिक ४५ वर्षीय महोमद सफिर, भारत उत्तरप्रदेशका १८ वर्षीय महोमद बसीम, दार्चुलाको शैल्यशिखर नगरपालिका–९ नकतडका ४५ वर्षीय दिलिप बिष्ट, शैल्यशिखर नगरपालिका–५ लेकका ३० वर्षीय बिरेन्द्र रावल, सोही ठाउँकी २८ वर्षीया शान्ति रावल र बैतडीको डिलाशैनी गाउँपालिका–५ नगराउँका १५ वर्षीय सुदिप बोहरा छन् ।

मालिकार्जुनमा लागेको रात्रिजात्रा हेरेर गोकुलेश्वरतर्फ आइरहेको म १ ज ३३८ नम्बरको जिप शैल्यशिखर नगरपालिका–६ बकजेबलामा आज बिहान ४ बजेतिर दुर्घटनामा परेको हो ।

जिपमा १३ यात्रु सवार थिए । ७ जना घाइते भएका छन् । घाइतेमध्ये अधिकांशको अवस्था गम्भीर छ ।

सम्बन्धित खबर

post

‘घरघरमा सांसद’ अभियान

२६ माघ २०७९,११:५३
post

महामूर्खको उपाधि मेयर साहलाई

२३ फाल्गुन २०७९,१९:३३
post

बैतडीका तीन युवती बेपत्ता

२१ चैत्र २०७९,१२:१२
post

घरभाडा घटाउन माग

३० चैत्र २०७९,१४:१४
post

आज सुदूरपश्चिम बन्द

२८ जेष्ठ २०८०,०९:१६
post

बनेपाको पुलमाथि खोला

२३ श्रावण २०८०,०९:४२
post

८९ वर्षको उमेरमा नागरिकता

२७ श्रावण २०८०,१०:५१
post

काभ्रेको खानीखोलाका ८ घर बगे

१२ आश्विन २०८१,१६:३९
post