काभ्रे । खानीखोला गाउँपालिकाले वडा–वडामा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ । गाउपालिकाले सातै वडाहरुमा सामाजिक सुरक्षाभत्ता अन्तर्गत बृद्व भत्ता , एकल महिला, आपाङगता भत्तालगायत छाता र लैरो वितरणको काम गरेको हो । यसैक्रममा वडा ६ मा पनि सामाजिक सुरक्षाभत्ता र छाता तथा लौरो वितरण गरिएको छ ।
गाँउपालिकाले वडा नं १ देखी ६ सम्म वितरण कार्यक्रम सम्पन्न गरिसकेको छ, भने वडा नं ७ मा भने जेठ ८ गते वितरण गर्ने कार्यक्रम छ ।
आइतबार गाउँपालिका उपाध्यक्ष दोर्जेमान जिम्बाको प्रमुख अतिथ्यतामा जेष्ठ नागारिक, एकल तथा विधुवा, पूर्ण अपाङ्गगता वृद्ध भत्तासंगै वृद्धहरुलाई छाता र लौरो वितरण गरिएको छ ।
सो क्रममा जिम्बाले तेस्रो त्रैमासिक सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरु जेष्ठ नागारिक, एकल, विधुवा, पूर्ण अपाङ्गगता वृद्ध भत्तासंगै वृद्धहरुलाई छाता र लौरो बितरण गरेका छन् । जम्मा वृद्ध, एकल, विद्युवा, पुर्ण अपाङ्गगता वृद्ध आमा, बुवालाई आज छाता र लौरो वितरण गरेको हो ।
जनताको काम गर्ने क्रममा सिस्टमको समस्याले गर्दा वृद्ध भत्ता ढिला भएतापनि जनताको घर र वडाबाटै सेवा दिनकालागि पालिका सरकार उपस्थित भएको उपाध्यक्ष दोर्जेमान जिम्बाले बताए ।
वडाध्यक्ष बृहस्पति घिसिङले वडाबाटै वृद्ध भत्ताको सेवा दिन पाउँदा धेरै खुसी भएको बताए । आफू निर्वाचित भए पश्चत यो जनताको लागि धेरै राम्रो काम भएको बताए । उनले जनताको मतको कदर गर्दै जनताको सेवामा सदाबहार आफ्नो कार्यकाल विताउने प्रतिबद्धता जनाए ।
कार्यक्रमका प्रमुख अतिथि उपाध्यक्ष दोर्जेमान जिम्बा, वडा अध्यक्ष बृहस्पति घिसिङ, खानीखोला गाउपालिका प्रमुख प्रशासकीय अधिकृत जीवन गैरे, पञ्जिकरण शाखा प्रमुख खगेन्द्र खुलाल, एसविआई बैंकका प्रमुख बिनय अधिकारी, वडा सदस्य देवन सिं लामा, नेविसंघ केन्द्रीय सदस्य प्रेमलामा थोकर, वडासदस्यहरु स्थानीय बुद्धिजीवी समाजसेवी जनप्रतिनिधि लगायतको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रम सञ्चालन वडा सचिव खगेन्द्र थापाले गरेका थिए ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google