यी हुन् वाग्मती सरकारका निर्णय

दर्पण दैनिक १४ जेष्ठ २०८०,१२:१३
post

काठमाडौं । वाग्मती प्रदेशको आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम आज पारित गरिने भएको छ ।  प्रदेश सरकारको आजको बैठकले पाँच वटा प्रहरी इकाई भवनको निर्माणका लागि ६ करोड १५ लाख ५६ हजार अख्तियारी दिने निर्णय गरेको छ ।

बैठकले स्थानीय विपद् कोषमा एक करोड रुपैयाँ जम्मा गर्ने निर्णय गरेको छ । त्यस्तै, प्राकृतिक विपद् तथा जोखिम न्यूनीकरणका लागि स्थानीय तहहरूलाई थप सशर्त अनुदान दिने निर्णय गरेको छ । जसमा नुवाकोटको म्यागङ र दुप्चेश्वर गाउँपालिकालाई क्रमशः ३० लाख र एक करोड १० लाख र मकवानपुरको मकवानपुरगढी गाउँपालिकालाई ५० लाख गरी कुल एक करोड ९० लाख रुपैयाँ दिइने छ । 

विज्ञान प्रविधि नवप्रवर्तन तथा विकास कोष सञ्चालनसम्बन्धी विधेयक तर्जुमा सम्बन्धमा सैद्धान्तिक स्वीकृति दिने निर्णय गरिएको छ । सिन्धुली अस्पतालमा घटेको घटनाको कारण भएको भौतिक संरचनाको क्षतिलाई बनाउन १० लाख रुपैया दिने निर्णय भएको छ ।

सम्बन्धित खबर

post

‘घरघरमा सांसद’ अभियान

२६ माघ २०७९,११:५३
post

महामूर्खको उपाधि मेयर साहलाई

२३ फाल्गुन २०७९,१९:३३
post

बैतडीका तीन युवती बेपत्ता

२१ चैत्र २०७९,१२:१२
post

घरभाडा घटाउन माग

३० चैत्र २०७९,१४:१४
post

आज सुदूरपश्चिम बन्द

२८ जेष्ठ २०८०,०९:१६
post

बनेपाको पुलमाथि खोला

२३ श्रावण २०८०,०९:४२
post

८९ वर्षको उमेरमा नागरिकता

२७ श्रावण २०८०,१०:५१

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: