प्युटार आश्राङमा बाढीपहिरोको वितण्डा, प्युटारमा घर पुरिँदा ३ खसी र २० कुखुरा मरे

दर्पण दैनिक १३ श्रावण २०८१,०९:३६
post

ललितपुर । शनिबारदेखिको अ विरल वर्षासँगै आएको बाढी र पहिरोले बाग्मती गाउँपालिकाको प्युटार र आश्राङमा व्यापक क्षति भएको छ । बाग्मती ४ प्युटार निवासी नवराज विकको घरमा गयराती घरमाथिबाट पहिरो जाँदा घरमा भएका सम्पूर्ण नगदसहितका  सामान पुरिएका छन् भने ३ वटा खसी र २० वटा कुखुरा मरेका छन् । विकका अनुसार छिमेकीको घरमा रहेकाले मानवीय क्षति हुनबाट जोगिएको छ ।

यसैगरी बाग्मती ६ आश्राङमा रहेको लुकुनीबेँसी र भालुखोलामा आएको बाढीले त्यस क्षेत्रका २० भन्दा बढी घर जोखिममा परेका छन् । आश्राङका वडा अध्यक्ष नारायण बहादुर भोम्जनले दुई खोलामा आएको  बाढीबाट त्यहाँ रहेको ह्युमपाईल टालिएर बाढी र खोला बस्तीमा पसेको बताए ।

उनका अनुसार लुकुनीबेँसीमा रहेको प्रहरी चौकी बाढीबाट पूर्णरुपमा पुरिएको छ भने वडा कार्यालय पनि उच्च जोखिममा रहेको छ । आश्राङ लुकुनीका इन्द्रबहादुर भोम्जन र गोबिन्द थापालगायतको घरमा बाढीले क्षति पुर्याएको उनले बताएका छन् । अध्यक्ष भोम्जनले मानवीय र वस्तुभाउ क्षती हुनबाट बचाउन आफूहरु लागिरहेको बताए ।

साथै प्युटार र आश्राङको बाग्मती क्षेत्रमा रोपाइँ गरिएका अधिकांश खेतहरु पनि बाढीले पुरेको छ । वर्षा,बाढी र पहिरोको प्रकोपले गर्दा त्यस क्षेत्रको सडक र विद्युत सेवा समेत अवरुद्ध भएको छ ।

सम्बन्धित खबर

post

‘घरघरमा सांसद’ अभियान

२६ माघ २०७९,११:५३
post

महामूर्खको उपाधि मेयर साहलाई

२३ फाल्गुन २०७९,१९:३३
post

बैतडीका तीन युवती बेपत्ता

२१ चैत्र २०७९,१२:१२
post

घरभाडा घटाउन माग

३० चैत्र २०७९,१४:१४
post

आज सुदूरपश्चिम बन्द

२८ जेष्ठ २०८०,०९:१६
post

बनेपाको पुलमाथि खोला

२३ श्रावण २०८०,०९:४२
post

८९ वर्षको उमेरमा नागरिकता

२७ श्रावण २०८०,१०:५१
post

काभ्रेको खानीखोलाका ८ घर बगे

१२ आश्विन २०८१,१६:३९
post

हुम्लामा हिमपात, किसान खुसी

२४ मंसिर २०८१,०८:३३

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: