मकवानपुर । बागमती प्रदेश सरकारका खानेपानी ऊर्जा तथा सिंचाई मन्त्री तीर्थ लामाले खेलकुद मानव जीवनको अति महत्वपूर्ण शाररिक अभ्यास मात्र नभएर देशलाई चिनाउने माध्यम भ्एको बताए छन् । दीपावली तथा छठ पर्व २०८० को उपलक्ष्यमा सगरमाथा युवा क्लब हेटौंडा उपमहानगरपालिका १३ बुलोथलीद्वारा आयोजित टोल विकास स्तरीय प्रथम वडाध्यक्ष कप नकआउट फुटबल प्रतियोगितालाई सम्बोधन गर्दै मन्त्री लामाले यस्तो बताएका हुन् ।
उनले भने, ‘खेल देशलाई विभिन्न फरक-फरक देशसँग परिचित बनाउन सकिने एक दृश्य शक्ति हो । खेलाडीहरु देशको एक हतियार भएकोले विभिन्न सरकारी निकाय तथा गैरसरकारी निकायले यस क्षेत्रलाई प्रभावकारी रुपमा व्यवस्थित बनाउन एकजुट भएर लाग्नुपर्छ ।’
मन्त्री लामाले भर्खरै सम्पन्न भएको क्रिकेट खेलमा जित हासिल गरेको विषयलाई स्मरण गराउदै फुटबल क्षेत्रलाई पनि सो स्थानमा पुर्याउन सम्बन्धित निकायको ध्यानाकर्षण गराए ।
हारजित भनेको खेलको नियम नै भएको भन्दै मन्त्री लामाले यस क्षेत्रमा दृढ इच्छाका साथ लाग्न सबै सहभागी खेलाडीहरुलाई आग्रह गरे । देश तथा विदेशमा खेलकुद क्षेत्रले ख्याति कमाएको हुनाले यस क्षेत्रमा सबैको भविष्य सुनिचित रहेको उनले बताए ।
कार्यक्रमलाई समापन गर्दै क्वलका अध्यक्ष मदनकुमार बलले यस खेललाई सबैले आफ्नो ढंगले सहयोग गरी विकास गर्न अनुरोध गरे ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google