डेनमार्क र अमेरिका निर्यात गर्दै आएको भकान्जे टीस्टेटले एकवर्षमा उत्पादन गर्यो ६ क्वीन्टल चिया

दर्पण दैनिक ९ पुष २०८०,१२:३५
post

सोलुखुम्बु । भकान्जे टीस्टेट प्रालिको पाँचौ साधारणसभा तथा  सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ । सो साधारणसभा तथा सार्वजनिक सुनुवाइ कार्यक्रम लिखुपिके गाउँपालिका वडा नम्बर पाँचको समिक्षालय हल भकान्जेमा सम्पन्न गरिएको हो । 


सो साधारणसभा तथा सार्वजनिक सुनुवाइ कार्यक्रममा कार्यकारी निर्देशक जानकी खड्काले चिया कसरी टिप्ने र कस्ता झोलामा राखेर फ्याक्ट्रीसम्म पुर्‍याउने भन्ने विषयमा चिया कृषकलाई जानकारी गराइन । त्यस्तै निर्देशक खड्काले भकान्जे टीस्टेट प्रालिमा कर्लि ब्ल्याकटी, व्यारी ब्ल्याकटी र लङजिन ग्रिनटी गरी तीन प्रकारका चिया ६०० किलोग्राम उत्पादन भएको जानकारी दिइन । भकान्जे टीस्टेट प्रालिमा उत्पादन भएको चिया डेनमार्क र अमेरिकामा निर्यात हुँदै आएको तथा  चिन र जापानमा नमुना अर्थात स्याम्पल पठाइएको निर्देशक खड्काले दर्पण दैनिकलाई बताइन् । 

साधारणसभा तथा सार्वजनिक सुनुवाइ कार्यक्रममा भकान्जे टीस्टेट प्रालिका अध्यक्ष आङदावा शेर्पाले कर्मचारी व्यवस्थापन, चियासम्बन्धि तालिम लगायतका विषय समेटेर तयार पारिएको प्रतिवेदन प्रस्तुत गरेका थिए । उक्त साधारणसभा तथा सार्वजनिक सुनुवाइ कार्यक्रममा लिखुपिके गाउँपालिका वडा नम्बर पाँचका वडा अध्यक्ष ङिमाछिरी लामाले भकान्जे टीस्टेट प्रालिले सुरु गरेको यति छोटो समयमै राम्रो प्रगति गरेको बताए । त्यस्तै अध्यक्ष लामाले इमानदारीताका साथ चिया उत्पादनमा लाग्न सबै कृषकहरुलाई अनुरोध गरे । 

कार्यक्रममा लिखुपिके गाउँपालिकाककी वडा अध्यक्ष मिना कार्की बस्नेतले हिमाली प्रोजेक्टलाई धन्यवाद व्यक्त गर्दै चियाका फाइदाका बारेमा कार्यपालिकाको बैठकमा राख्ने प्रतिबद्धता गरिन । 

त्यस्तै अध्यक्ष कार्की बस्नेतले हिमाली प्रोजेक्टले यसरी सहयोग गर्दा पनि स्थानीयबासीले कम चासो राखेको गुनासो गर्दै तत्कालै चिया उत्पादनमा लाग्न अनुरोध गरिन ।  उनले भकान्जे टीस्टेट प्रालिले शुद्ध चिया उत्पादन गर्ने गरेको बताउँदै यही चिया उपभोग गर्न सबैलाई अपिल गरिन । कार्यक्रममा अधिवक्ता बलभद्र खनाल, वडा नम्बर पाँचका जनप्रतिनिधि, शिक्षक लगायत स्थानीयबासीको उपस्थित रहेको थियो ।

सम्बन्धित खबर

post

लोप हुँदै जुनेलो खेती

१९ माघ २०७९,०८:३२
post

टर्की पालनबारे जानाकरी

६ फाल्गुन २०७९,२०:४६
post

बजेट कार्यान्वयन निराशाजनक

१७ फाल्गुन २०७९,०८:२४
post

चैतदेखि बैंकको ब्याजदर घट्ने

२५ फाल्गुन २०७९,१२:१२
post

घट्यो हवाई भाडा (सूचीसहित)

२१ चैत्र २०७९,१९:१४
post

इसेवाले ल्यायाे एकमा ४ अफर

२२ बैशाख २०८०,०८:३७
post

बजेट भाषण २०८० /०८१ (LIVE)

१५ जेष्ठ २०८०,१६:३१
post

कुन मन्त्रालयलाई कति बजेट ?

१६ जेष्ठ २०८०,०८:४१
post

आयकरमा नयाँ व्यवस्था

२० जेष्ठ २०८०,१४:४६
post

संसद्‌मा आजदेखि बजेट छलफल

२१ जेष्ठ २०८०,०६:३७
post

ग्लोबल आईएमई बैंक सम्मानित

२५ जेष्ठ २०८०,२१:१७
post

तरकारी र फलफूलको आयात घट्यो

३१ जेष्ठ २०८०,०६:५२
post

कुन बैंकको नाफा कति ?

२२ श्रावण २०८०,०८:५३
post

विनोद चौधरीलाई एशियन अवार्ड

३१ श्रावण २०८०,१९:४९
post

मुस्ताङमा स्याउ टिप्न सुरु

१ आश्विन २०८०,१४:५४
post

सयपत्री बेचेर नौ लाख आम्दानी

२२ कार्तिक २०८०,१७:०१
post

ग्यासको मूल्य बढ्याे

१८ माघ २०८०,०९:०७
post

एनसेलको ‘डबल मजा प्याक’

२५ माघ २०८०,११:०५
post

घट्यो नेपाल टेलिकमको नाफा

१ फाल्गुन २०८०,११:३४
post

घट्याे उपभोक्ता मूल्यवृद्धि

२७ फाल्गुन २०८०,१६:२१
post

अन्डाको मूल्य घट्यो

२० बैशाख २०८१,१४:४७
post

यी हुन् कर बढेका क्षेत्र

१५ जेष्ठ २०८१,१७:३७
post

बढ्यो अण्डाको मूल्य

३१ असार २०८१,१४:५९
post

बढ्यो अन्डाको मूल्य

५ कार्तिक २०८१,११:२५
post

साहस ऊर्जाको अध्यक्षमा पाठक

११ कार्तिक २०८१,१५:४२
post

बढ्याे पेट्रोलको मूल्य

१५ मंसिर २०८१,२०:५७
post

अण्डाको मूल्य बढ्यो

२१ मंसिर २०८१,२०:४८
post

नबिल बैंक सम्मानित

२९ चैत्र २०८१,०७:४८
post

अण्डाको मूल्य बढ्याे

१४ बैशाख २०८२,१३:२१
post

अण्डाको भाउ बढ्यो

१८ जेष्ठ २०८२,०९:१०
post

१६०० ले बढ्याे सुनको मूल्य

३० जेष्ठ २०८२,११:५०
post

‘घरघरमा सांसद’ अभियान

२६ माघ २०७९,११:५३
post

महामूर्खको उपाधि मेयर साहलाई

२३ फाल्गुन २०७९,१९:३३
post

बैतडीका तीन युवती बेपत्ता

२१ चैत्र २०७९,१२:१२
post

घरभाडा घटाउन माग

३० चैत्र २०७९,१४:१४
post

आज सुदूरपश्चिम बन्द

२८ जेष्ठ २०८०,०९:१६
post

बनेपाको पुलमाथि खोला

२३ श्रावण २०८०,०९:४२
post

८९ वर्षको उमेरमा नागरिकता

२७ श्रावण २०८०,१०:५१
post

काभ्रेको खानीखोलाका ८ घर बगे

१२ आश्विन २०८१,१६:३९
post

हुम्लामा हिमपात, किसान खुसी

२४ मंसिर २०८१,०८:३३

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: