कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिसँग काभ्रे कांग्रेसको अन्तरक्रिया

दर्पण दैनिक २७ श्रावण २०८०,२०:०७
post

काभ्रे । नेपाली कांग्रेस काभ्रेको आन्तरिक बिशेष अभियान अन्तर्गत स्थानीय तहका जनप्रतिनिधिहरुसँग वार्षिक समिक्षा कार्यक्रम सम्पन्न भएको छ । जिल्ला सभापति एवं बागमती प्रदेशका खानेपानी मन्त्री तीर्थ लामाको सभापतित्व र केन्द्रीय सदस्य जित जङ्ग बस्नेतको प्रमुख आतिथ्यतामा बनेपा पार्टी भेन्यूमा कार्यक्रम सम्पन्न भएको हो ।

‘आन्तरिक विशेष अभियान’ नाम दिइएको सो कार्यक्रममा नेपाली कांग्रेसको तर्फबाट निर्वाचित जनप्रतिनिधि सहभागी भएका थिए । कार्यक्रममा तीन गाउँपालिकाका अध्यक्ष, चार उपाध्यक्ष र ६१ जना वडाध्यक्षहरु सहभागी थिए । त्यस्तै कार्यक्रममा अन्य नेता कार्यकर्ताको पनि उल्लेख्य उपस्थिति रहेको थियो 

कार्यक्रममा तेमाल गाउँपालिकाका अध्यक्ष चन्द्र लामा, रोशी गाउँपालिकाका अध्यक्ष दिनेस लामा र नमोबुद्ध नगरपालिकाका मेयर कुन्साङ लामाले आ–आफ्नो धरणा राखेका थिए । त्यस्तै, गाउँपालिका उपाध्यक्षहरु भुम्लु गाउँपालिकाका उपाध्यक्ष दावा लामा, खानीखोला गाउँपालिकाकाउपाध्यक्ष दोर्जेमान जिम्बा, महाभारत गाउँपालिकाका उपाध्यक्ष सागर मोक्तानले पनि आ–आफ्नो धारणा राखेका थिए ।

सम्बन्धित खबर

post

‘घरघरमा सांसद’ अभियान

२६ माघ २०७९,११:५३
post

महामूर्खको उपाधि मेयर साहलाई

२३ फाल्गुन २०७९,१९:३३
post

बैतडीका तीन युवती बेपत्ता

२१ चैत्र २०७९,१२:१२
post

घरभाडा घटाउन माग

३० चैत्र २०७९,१४:१४
post

आज सुदूरपश्चिम बन्द

२८ जेष्ठ २०८०,०९:१६
post

बनेपाको पुलमाथि खोला

२३ श्रावण २०८०,०९:४२
post

८९ वर्षको उमेरमा नागरिकता

२७ श्रावण २०८०,१०:५१

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: