
काठमाडाैं । बागमती प्रदेशको राजधानी हेटौँडा जोड्ने छोटो दूरीको सडक शिलान्यास गरिएको छ । बीपी राजमार्गको कटुञ्जेदेखि खार्पाचोक लेखपानी–सुँगुरे–बुढाखानी–फोक्सिङटार–गोकुले–तालढुंगा हुँदै हेटौँडा जाने प्रादेशिक सडक शिलान्यास गरिएको हो ।
पूर्वाधार विकास कार्यालय धुलिखेलमार्फत पहिलो चरणमा १५ किलोमिटर सडक स्तरोन्नतिको लागि ठेक्का आह्वान भएको थियो । रिटेनिङ वाल, स्ल्याब कलभर्ट, ह्युमपाइप कल्भर्ट लगायतका संरचना निर्माण हुने गरी ५१ करोड ४४ लाख लागतमा निर्माण व्यवसायी सिद्ध बाबाग्रीन तारा जेभीले ठेक्का सकारेको हो ।
बागमती प्रदेश सरकारले आयोजनाको लागि गत आर्थिक बर्षमा नै ९४ करोड ६९ लाख श्रोत सुनिश्चित गरेको छ । चालु आर्थिक वर्षको लागि ७ करोड बिनियोजन भएको छ ।
बागमती प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री बहादुरसिंह लामा, भौतिक पूर्वाधार विकास मन्त्री युवराज दुलाल, खानेपानी उर्जा तथा सिंचाई मन्त्री तीर्थ लामा, प्रदेशका पूर्वमन्त्रीसमेत रहेका प्रदेश सभा सदस्य रत्न ढकालले संयुक्त रुपमा शिलान्यास गरे ।
साे क्षेत्रका सांसद तथा खानेपानी उर्जा तथा सिंचाई मन्त्री तीर्थ लामाले १०–१२ वर्षअघि चन्दा उठाएर शुरु गरिएको सडक निर्माण गर्ने सपना साकार भएको बताए । तीन पटक आफूलाई जनताले प्रतिनिधिको रुपमा अनुमोदन गरेको भन्दै उनले उनीहरुको जिवनस्तर उकास्न सधै लाग्ने प्रतिबद्धता जनाए ।
तेमाल गाउँपालिका अध्यक्ष चन्द्रबहादुर लामाले उक्त सडकले तेमाल गाउँपालिकासमेत लाभान्वित हुने तर्क गर्दै जिल्लाकै गौरवको विषय भएको बताए । रोशी गाउँपालिका अध्यक्ष दिनेश लामाले सडक निर्माणले गाउँपालिकाको एउटा महत्त्वपूर्ण सपना पूरा भएको भन्दै प्रदेश सरकारको सहयोगको निरन्तरताको अपेक्षा गरे ।





















































































.jpg)






















































































































_GnRvz8QHio.jpg)

























































































































































































































.jpeg)



















































































































.jpeg)





































.jpg)





































.jpg)

















































































































































































































































































































































प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google